मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

0

ललितपुर, १८ भदौ । सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्ने भन्दै लतिलपुरको प्रख्यात रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच झडप भएको छ ।

तस्वीर : प्रशान्त ठाकुर/न्युज २४

काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेको अवस्था र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तान्न पुगेका हुन् ।

तस्वीर : प्रशान्त ठाकुर/न्युज २४

निषेधाज्ञा उल्लंघन गरेर रथ तानेको भन्दै प्रहरीले रथ नतान्न आग्रह गरेको र रथ तान्न पाउनु पर्ने माग गर्ने युवाहरुले अडान नछोडेपछि दुई पक्षबीच झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुँग्यास समेत प्रहार गरेको छ ।..News24Nepal

You might also like