रुपन्देहीमा हाल सम्मकै बढी ७३ जना कोरोना भाइरसका संक्रमित थपिए

0

टेक मास्की/बुटवल, १६ भदौं
मंगलबार रुपन्देहीमा हाल सम्मकै बढी ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १हजार ७४ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै गत मंगलबार ६९ जना संक्रमित भएपनि आजको तथ्यांकले त्यसलाई पनि उछिनेको छ।मंगलबार रुपन्देहीका विभिन्न ६ पालिकाका ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ३१ जना, तिलोत्तमामा २० जना, रोहिणीमा १५ जना, सिद्धार्थनगरमा ५ जना, सियारी र देवदहमा १र१ जनामा थप संक्रमण देखिएको छ। यो सोमबार रातीदेखि यताको तथ्यांक हो।सोमबार राती लुम्बिनी प्रादेशिक अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा समावेश भएको संख्या समेत यसमा जोडिएको छ।विभिन्न ल्याबबाट आएको रिर्पोट अनुसार ३० महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको छ। रोहिणीमा थपिएका संक्रमित सबै एकै घरका रहेको भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए।आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७४ पुगेको छ भने मृतकको संख्या १० पुगेको छ। जिल्लामा ४३५ जना निको भएर फर्किसकेका छन भने ६२९ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

You might also like