निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि, सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन

0

काठमाडौँ, १७ साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सभामुख निवासमा कार्यरत ती पुरुष कर्मचारीमा कोरोना संक्रमण भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती पुरुषको शुक्रबार कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । सिंहदरबारभित्र ट्राफिक प्रहरीलाई नै संक्रमण पुष्टि भएपछि रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

News24Nepal

You might also like