पश्चिम नवलपरासीसहित प्रदेश ५ मा चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दो

0

परासी, भदौ १५ ।

पश्चिम नवलपरासीमा धमाधम स्वास्थ्यकर्मीहरु कोरोना संक्रमति हुन थालेका छन् । जिल्लामा हाल सम्म १० जना स्वास्थ्यकर्मी कोभिड १९ बाट संक्रमित भईसकेका छन् । जसमा ४ जना डाक्टर छन् भने बाँकि स्वास्थ्य चौकी लगाएत स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय नवलपरासीका सूचना अधिकारी कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार परासीमा रहेको पृथ्वी चन्द्र अस्पतालका चार जना डाक्टर सहित एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ भने पाल्हीनन्दन गाँउपालीकामा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक पाल्हीनन्दनमा एकै पटक धेरै संक्रमित देखिँदा स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको हो भने कन्ट्रयाक ट्रेसिङ्गका क्रममा पनि थप स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख सहित हरपुर स्वास्थ्य चौकीका प्रमुख र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना गरि चार जनामा संक्रमण पुष्टि भईसकेको छ ।

यसैगरी सुस्ता गाँउपालिकामा नर्सही स्वास्थ्य चौकीमा कार्यरत अनमिमा कोरोना पुष्टि भएको पोखरेलले बताउनुभयो । संक्रमित स्वास्थ्यकर्मी बिरामिको प्रत्यक्ष सम्र्पकमा आउने र खोप कार्यकर्ता पनि रहेकाले धेरै जनाको सम्र्पकमा आउने हुँदा स्वास्थ्यकर्मीमा बढी संक्रमण देखिएको बताईएको छ ।

स्वास्थ्यकर्मीनै संक्रमित हुँदै गएपछि पश्चिम नवलपरासीमा अस्पताल र स्वास्थ्य चौकीका सेवा समेत प्रभावित भएका छन् । जसका कारण समान्य विरामिले पनि उपचार पाउन नसक्ने अवस्था सृजना हुने खतरा पनि बढेको छ ।

पृथ्वी चन्द्र अस्पतालमा डाक्टरहरुलाई नै संक्रमण देखिएपछि एक दिन आकस्मिक सेवा समेत बन्द गर्नुपर्यो भने अन्य संक्रमण पुष्टि भएका स्वास्थ्य संस्था पनि सिल गर्नुपर्दा अन्य रोगका बिरामिलाई समेत स्वास्थ्य उपचार नपाउने खतरा देखिएको छ ।

पश्चिम नवलपरासीमा मात्र होईन प्रदेश पाँचका अन्य जिल्लामा पनि स्वास्थ्यकर्मी संक्रमित हुने क्रम दैनिक बढ्दो छ । प्रदेशको समाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्यकर्मी सहित प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुनै कोरोना संक्रमित भईरहेका छन् ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार प्रदेश पाँच भरी दुई सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी दिनुभयो । उपचारमा खटिएका विशेषज्ञ चिकित्सकसहित मेडिकल अधिकृत र नर्स संक्रमित भएपछि उनीहरूबाट संक्रमण नसरोस् भनेर विभिन्न स्वास्थ्य संस्थाका सेवा बन्द गर्नुपरेको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमणमा पर्ने दर बढेपछि संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीको निगरानी थालिएको छ ।

‘बढी भीडभाड हुने प्रसूति शाखा र आकस्मिक सेवामा खटिने चिकित्सकीय टोलीमा संक्रमण छैन । कोरोनाका बिरामी हेर्ने दुई जनामा मात्रै संक्रमण छ,’ उहाँले भन्नुभयो ‘अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा देखिनु भनेको केही हदसम्म स्वास्थ्यकर्मीको लापरबाही पनि हो ।’ मास्क र ग्लोब नलगाउने, सेनिटाइजर र हात धुने नियम पनि नियमित पालना नगर्दा स्वास्थ्यकर्मीहरू जोखिममा परेको उहाँले बताउनुभयो ।

Radio parasi

You might also like