शैक्षिक ब्यक्तित्व अन्सारीको शोक सभा सम्पन्न

0

नवलपरासी १८ जेठ – अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य तथा दाउन्नेदवी प्रावि बर्दघाट १४ का प्राधानाध्यापक कुर्वान अलि अन्सारीको श्रद्धाञ्जलीसभा सरावल गाउपालिकास्थित गोबरहियामा भएको छ ।

सभामा बोल्ने बक्ताहरुले अन्सारीले शैक्षिक तथा सामाजिक क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै अन्सारीको ब्यक्तित्व अनुकरणीय रहेको बताएका थिए ।
नेकपा(क्रान्तिकारी माओवादी) नवलपरासीको आयोजनामा भएको कार्यक्रममा सो पार्टीका जिल्ला सेक्रेटरी छविलाल खरेल, क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवि पाण्डेय, दाउन्नेदेवी प्राविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर अधिकारी शिक्षक बिमला लामिछानेलगायतले शोक मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा अन्सारीका छोरा मिराजले समेत बोल्नुभएको थियो ।
कार्यक्रम बृजदेव पाण्डेयको अध्यक्षता क्षेत्रबहादुर थापा क्षेत्रीको संचालनमा भएको थियो । अन्सारीको यही जेठ १५ गते हृदयघातका कारण निधन भएको थियो ।त्यस्तै आइतवार नै दाउन्नेदेवी प्राविले श्रद्धाञ्जली सभा सम्पन्न गरेको जनाइएको छ ।

You might also like