संविधान सभा सदस्य खनालले दिए बड्की आईतबार पर्वको शुभकामना

0

 

उमेश बि.क / नवलपरासी ,१४ भदौ

पश्चिम नवलपरासीका संविधान सभा सदस्य बिक्रम खनालले थारु समुदायको पर्व बडका अतवारकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। थारु जातिले मनाउने एउटा महत्वपूर्ण सामाजिक र साँस्कृतिक परम्परा बोकेको पर्वकाे सन्देश जारी गर्दै यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता र सद्भाव कायम रहोस् भनि शुभकामना व्यक्त गर्नुभएको हाे। “सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न अवस्थाको कारण इतिहासकै कठिन मोडमा गुज्रिरहेकाेले यसबाट हाम्रो देश र नवलपरासी समेत अछुतो रहन नसकेको परिस्थितिमा सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी निर्देशन पालना गरी आपसी समझादारी र बन्धुत्वको भावना जगाइ थारु समुदायको पर्व बडका अतवारलाई खुसीयालीका साथ मनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गर्नुभएको हाे। साथै समुदाय स्तरमा काेराेना भाइरस काेभिड १९ भयावह अवस्था सृजना गरेको हुनाले यसबाट बच्न हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे।

You might also like