पत्रकार सहित ९६ जनाको स्वाब संकलन

0

पुष्पा गिरी/१४ भदौ

नवलपरासी : बर्दघाट नगरपालिकाको चौपत्तास्थित शहिदस्मृति अस्पतालमा कार्यरत ५६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी सहित ९६ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको छ । ती स्वाव परिक्षणमा पठाइएका मध्ये तीन जना पत्रकार र बाँकी क्वारेन्टाइनमा बसेकाहरु स्थानीय रहेका छन् । बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार नगरपालिकाले परिक्षण गरेका ३७ र २ जना नगर भन्दा बाहिर परिक्षण गरिएका गरी ३९ जना संक्रमित बर्दघाट नगरमा पुगेको छ । त्यस्तै १ हजार ३ सय बढीको पिसिआर र ३ सय ८१ जनाको आरडीटी बाट कोरोना परिक्षण गरेका बर्दघाट नगरपालिकामा अब ३३ जनाको रिर्पाेट आउन बाँकी छ ।

You might also like