नवलपरासीमा संक्रमितको वडा सिल गरियो

0

सहबान अन्सारी

नवलपरासी,११ भदौ

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुरालाई बिहिवारदेखि सिल गरिएको छ । वडा स्तरिय प्रतिकार्य समितिको निर्णय अनुसार यस वडा भित्र कोभिड- १९ को तत्काल ब्यस्थापनको लागी हाल यस वडा अन्तर्गत रहेको साबिक वडा नं. १ देखी ९ सम्मका टोलहरु सिल गरिएको वडाध्यक्ष हरेन्द्र यादवले बताए ।

बुधवार उक्त वडाका ३१,३९,४२ र ४४ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो साथै संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको कन्टेक्ट ट्रेसिङ्ग गरि ति ब्यक्तीहरुको स्वाब परिक्षणको लागी पठाउने तथा यस वडा अन्तर्गत रहेका सम्पुर्ण सहकारी तथा गैर सहकारी संस्थाहरु, वित्तिय संघ संस्थाहरु, ब्यपार व्यवसायिक पसलहरु पुर्ण रुपमा अर्को सुचना नभए सम्मको लागी सिल गरिएको यादवले बताए । पछिल्लौ पटक ८ जनामा कोरोना संक्रमित देखिए सगै जिल्लामा कुल संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।

You might also like