सवारीसाधन मर्मत गर्ने वर्कसप १५ गतेसम्म बन्द

0

०१ भदौ २०७७

काठमाडौं : सवारीसाधन मर्मत गर्ने अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएका छन्। कोरोना संक्रमण बढ्दै जाँदा अटो वर्कसपहरु पनि असुरक्षित भएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले आजदेखि १५ दिन बन्द गरेको अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले जानकारी दिए। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो अटो वर्कशपहरु पनि असुरक्षित नै देखिएको अवस्थामा यसलाई रोक्ने जिम्मा तपाई, हाम्रो हातमा नै भएकाले आफ्नो दायित्वलाई मनन गर्दै बन्द गरौं।’

न्यौपानेले नेपाल सरकारको निर्देशन अनुसार स्वास्थ्य सम्बन्धी नीतिलाई मध्यनजर गरी आफ्नो वर्कशपमा अत्यावश्यक आवश्यकताका सवारी साधन (एम्वुलेन्स, अस्पताल, सुरक्षा निकाय)का सवारी साधन मर्मत गर्नुपरेमा सुरक्षित तरिकाले गर्न आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सवारी साधन मर्मत गर्नु परेमा वर्कशपमा, माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र मर्मत सम्भार गरी अन्य कामहरु पुर्ण रुपमा बन्द गर्न र गराउनुहुन सम्पुर्ण सदस्यहरुमा नेपाल अटोमेकानिक्स व्यवसायी संघ हार्दिक अपिल गर्दछ।’

विज्ञप्तिमा आफू र आफ्नो वर्कशपमा काम गर्ने सहयोगी अटो मेकानिक्सहरु लगायत आफ्नो वरिपरीको वातावरण पनि सुरक्षित गराइदिन अनुरोध गरिएको छ।  न्यौपानेले अटो वर्कसपलाई नेपाल सरकारले जारी गर्ने निर्देशनलाई पुर्णरुपमा पालना गर्न, गराउनुहुन अनुरोध गरका छन्।

Annapurna post

You might also like