दुर्घटनामा बृद्धको मृत्यु

0

बर्दघाट – बर्दघाट १० भुताहाको धुब्रटोलमा स्कार्पियोले पैदलयात्री ६७ बर्षीय बृद्धलाई लाई ठक्कर दिदाँ उनको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दघाट ९ सुनटाडीका ६७ वर्षीय ढाल प्रसाद गौतमको उपचारको क्रममा आईतबार अपरान्ह मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्स्पेक्टर होमनाथ रेग्मीले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १९ च ३५६० नम्बरको स्कार्पीयोले ठक्कर दिँदा उनलाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा अस्पतालमै मृत्यु भएको ईन्स्पेक्टर रेग्मीले बताउनुभयो । ठक्कर दिने स्कार्पीयो र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

You might also like