बस्ती जोखिममा पर्यो सारीदिनुस् भन्दा नसुनेको सरकार पहिरोले पुरे पछि हेलिकप्टरमा राहत लिएर पुग्यो

0

सिन्धुपालचोक, साउन ३० ।

७२ सालको भूकम्पमा पनि सबै भन्दा धेरै मानवीय क्षति भएको सिन्धुपालचोक जिल्लाका विभिन्न भाग जोखिममा रहेको त्यतिखेर पनि निष्कर्ष निकालिएको थियो ।जिल्लामा यस बर्ष पनि बर्षा बढेसगैँ बाढी पहिरोले वितण्डा मच्चाईरहेकै थियो ।

यसै मेसोमा जुगलमा माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा पर्‍यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन जनताले आग्रह गरेका थिए ।
तर जिल्ला विपद व्यवस्थापनका हाकिम र कर्मचारीले आफै सुरक्षित बस्नुस् मात्र भनेर जवाफ दिए पछि फर्किए ।
यस्तो बेला कहाँ जाने गाउलेले निर्णय गर्न सकेनन् विकल्प पनि थिएन ।
अन्ततः गाउलेको निवेदन सरकारले सुनेन, तदारुकता देखाएन डराईरहेका गाँउलेमाथि बज्रपात भयो । रातभर बाहिर डरले सुतेर उज्यालो भए पछि घर फर्किएकाहरुलाई शुक्रबार माथिबाट खसेको पहिरोले पुर्यो । घरसँगै पुरिएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । अन्य २७ जना अझै हराईरहेका छन् ।
पहिरोबाट जोगिन भागेकाहरु घाईते भएका मध्य ५ जनाको अहिले उपचार भईरहेको छ । दुर्गम क्षेत्र भएकाले स्काभेटर पनि लान कठिन छ, प्रहरी पुग्नै घण्टौँ लाग्यो । हेलिकप्टरमा सेना पुगेर उद्धार शुरु गरेको थियो ।
सभामुख अग्नी सापकोटा, गृहमन्त्री राम बहादुर थापा बादल सेनाको हेलिकप्टर चढेर सिन्धुपालचोक पुगे । गृहमन्त्री थापा राहतको पोको बोकेर सो ठाँउमा पुगेका थिए ।
तर स्थानीयको पीडा र गुनासो छ । सरकारले मरे पछि मात्रै गरीबलाई देख्ने रहेछ ।

गत महिना माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि सारीदिन भन्दा सरकारले सुनेन स्थानीय आशबहादुर दोङ भन्छन् । अन्त बस्न जग्गा छैन, बाध्य भएर यही बस्न पर्यो र अहिले गाँउलेको ज्यान गयो । दोगंले भने ।

गुहार माग्दा पनि जोखिमको अध्ययन नगर्नु र बस्ती नसारिएकाले ठूलो क्षति बेहोर्नुपरेको स्थानीयवासीको भनाई छ । शुक्रबार घटनास्थलमा पुगेका प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासहित जनप्रतिनिधिलाई भेटेपछि स्थानीयले सरकारले समयमा ध्यान नदिएको गुनासो गरे । दुर्घटना भए पछि मात्रै उद्धारका नाममा नेता मन्त्री आउनु दुखःको कुरा हो । गाँउलेले भने ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्थापित ३७ परिवारका लागि त्रिपाल, भाँडाकुँडा, ब्लांकेट, म्याट्रेस, डसना पठाउनुका साथै जिल्ला विपद् व्यवस्थापन समितिबाट दुई लाख रुपैयाँ उपलब्ध गराइएको जानकारी दिएका छन् ।

सदरमुकाम चौताराबाट झन्डै दुई दिन लाग्ने साविक गोल्चेको दुर्गम लिदी गाउँमा गत हिउँदमा मात्रै बिजुली र सडक जोडिएको थियो । बस्ती जोखिममा परेपछि धेरै पटक स्थानान्तरणको माग राख्दै प्रदेश, केन्द्रसम्म निवेदन दिँदा पनि केही नभएको जुगल–२ का वडाध्यक्ष प्रताप लामाले बताए ।

पुनर्निर्माण प्राधिकरणको टोलीले गरेको जोखिमपूर्ण स्थानको अध्ययन र अनुमगनमा ‘रेड जोन’ मा राख्नुपर्नेमा ‘एल्लो जोन’ मा राखिदिएकाले लिदीलाई स्थानान्तरण नगरिएको प्रजिअ ढकालले बताएका छन् ।

Mirmire online

You might also like