च्याउको बीउ वितरण गर्दै सरावल गाउँपालिका

0

उमेश बि.क / नवलपरासी ,२७ कार्तिक

नवलपरासीकाे सरावल गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गरिरहेको छ । पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालीकाले सक्रियता लिएको छ । पालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको हो । बिभिन्न मौसमि तथा व्यमौसमि तरकारीबालीका बिउ तथा यो सिजनमा हुने च्याउका बिउ बितरण गरिरहेको छ ।

गाउँपालिका भित्र रहेका ७ वटै वडाका स्थानिय कृषक, कृषि फम तथा समुहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेकाे कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताउनुभएको छ । निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ । च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि गाउँपालिकाको कार्यालयले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्ने अध्यक्ष चाैधरीले बताउनु भएको हाे। पछिल्लो समयमा च्याउखेतीतर्फ सरावल गाउँपालिकाका कृषकको आकर्षण बढ्दै गएको छ । व्यावसायिक च्याउ खेति गर्नका लागि कृषकहरुको मागका आधारमा च्याउको बिउ ल्याई वितरण भइरहेको छ ।

You might also like