क्रान्तिकारी माओवादी दाङ देउखुरी र प्युठानले मनायो जनयुद्ध दिवस

0

ईश्वरी प्रसाद गैरे
दाङ – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) दाङ देउखुरी जिल्ला समिति ले २६ औं जनयुद्ध दिबश मनाएको छ । घोराहीको ट्राफिक चोकबाट सुरु गरिएको ¥यालीले नगर परिक्रमा गरेर तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो ।
नेकपा (क्रान्तिकारी माओबादी) का केन्द्रीय सदस्य तथा दाङ देउखुरी जिल्ला इञ्चार्ज समीर के सीले सभालाई सम्बोधन गर्दै २६ जनयुद्धको शुभकामना ब्यक्त गर्दै जनयुद्धका मुख्य नायक खलनायक भएको ,मुख्य नेताले धोका दिएको कारणले जनयुद्ध असफल भएको बताउदै अबको बाकी कार्यभार जनताको जनबिद्रोह मार्फत संघिय जनगणतन्त्र नेपाल स्थापना गरेर पूरा गरिने यसका लागि जनता तयार रहन आब्हान गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सचिवालय सदस्य हीरामणी दुखीले जनयुद्धको बारेमा चर्चा गर्दै जनयुद्ध थालनी गर्दा हाम्रो सानो शक्ति रहेको त्यो सानो शक्ति ले देशका ८० प्रतिशत भुमि कब्जा गरेको ,जनसत्ता ,जनसेना ,जनअदालत ,समेत स्थापना गरेको मा सबै उपलब्धि मुख्य नेतृत्वको कारण सबै ढलेका ले अबका दिनमा अन्धभक्त भएर कार्यकर्ता बस्न नहुने कुरा राख्दै सरकारी नेकपा भ्रष्ट तस्कर दलालहरुको संरक्षणमा गर्ने गरेको ,जनताका मुद्दा ,राष्ट्रियता मुद्दामा ,सिमा अतिक्रमणको बारेमा आन्दोलन नभई खाली कुर्सीका लागि गरिएको गुटहरुको दोहोरी भएकाले गुटको स्वार्थका कारण पार्टी मा बिभाजन भएको कुरा बताउदै सँसदिय ब्यबस्थाको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) का केन्द्रीय सदस्य सुशीला आचार्यले राज्य संबिधान बिपरित काम गरेको ,चेलीबेटी बलतकृत भई ज्यान गुमाउन परेको , निर्मला भागिरथि जस्ता सयौं छोरीहरु कहिले सुरक्षित हुने भन्दै तत्काल दोषीलाई कार्बाहि गर्न माग गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ देउखुरी का अध्यक्ष ईश्वरी प्रसाद गैरेले २६ अौ जनयुद्ध दिवसको अबसरमा शुभकामना दिदै शहिदप्रति श्रद्धाञ्जली तथा घाइते अपांग साथीहरू मा उच्च सम्मान ब्यक्त गर्दै जनयुद्धका मुख्य नाईके सिंहदर्वार बदल्न गएको तर मुख्य नाइकेहरुलाई  सिंहदर्वारले नेताहरूलाई बदलेर जनताका बिरुद्ध उभ्याएकोले जनयुद्धको उपलब्धि गुमेको कुरा राख्दै जनताको जनबिद्रोहबाट संघिय जनगणतन्त्र स्थापना गरिने बताउनुभयो ।

नेकपा (क्रान्तिकारी माओबादी) सचिवालय सदस्य तिलक बिक ले सञ्चालन गरेको कार्यक्रम को अध्यक्षता पार्टी सेक्रेटरी नरेन्द्र बञ्जाडे ले गर्नुभएको थियोे।

नेपाल कम्यूनिष्ट पार्टी माओबादी क्रान्तिकारी प्यूठान जिल्ला समिति सरुमारानी गाउपालिकास्थित बड्डाडा मा २६औ जनयूद्ध दिबस मनाएको छ । दिवसमा पार्टी केस तथा जिल्ला इन्चार्ज टिकाराम पौडेलले सम्बोधन गर्नुभएको थियो ।

 

You might also like