के हामी खुसी हुन सक्छौ ?
हरि प्रसाद ज्ञवाली
दुनियाको शक्तिशाली हु भन्ने अमेरिकालाइ आज एउटा देख्न नसकिने सानो बस्तुले संसारकै कम्जोर सिद्ध तुल्याइदियो। हो घमण्ड र अहंकार कोहि पनि शक्तिशाली हुदैन भन्ने कुरा यही बाट प्रस्ट हुन्छ । हो केही समय शक्तिशाली जस्तो लाग्छ तर अन्तिममा त्यो तनाब मा परिणत हुन्छ । हामी भित्र भएको घमण्ड ,अहंकार ,लोभ र रिसले हामिलाइ केही समय शक्तिशाली भएको हुन सक्छ त्यो बास्तबमा शक्ति होइन त्यो त तनाव र अशान्त सिर्जना गर्ने शुरुबात हो ।
राम्रो ठूलो घर बनाउने ,महँगो गाडी चड्ने,महँगो बस्तु लगाउने ,र तिनैको आधारमा आफुलाई अरु भन्दा ठूलो देखाउने रहरले हामिलाइ पिरोलेको छ फलस्वरूप जानी बुझी पनि अरुलाइ असर गर्ने,अरुको शोसण गर्ने,र अरुको चित्त दुखाउने गर्छौ र तिनै क्रियाकलाप हरुले हामिलाइ पोल्न थाल्छ ,तनाब हुन थाल्छ र हाम्रो शरीरमा नकारात्मक ग्रन्थी हरु उत्पादन हुन थाल्छन र हामिलाइ विभिन्न रोगले समाउन थाल्छन अनि हामी कम्जोर र निरीह बन्दै जान्छौं । आफुले चोरेको अरुले नदेखे पनि आफुले देखेका हुन्छौं । हो हामी अरुलाइ सम्झाउन सक्छौ तर आफू चाहिँ गर्दैनौ। हामिले ठुला ठुला किताब हरु पढ्छौ तर आफुलाइ कहिल्यै पनि पढ्दैनौ। एसो बिचार गरौत हामी के तनाबमा बाच्न जन्मिएका हौर ? सधै अशान्त हुन जन्मिएका हौ र ? त्यो त पक्कै पनि होइन होला तर कसरी यस्तो भैराखेको छत ? हो हाम्रो शरीर भित्र एकातिर रिस र अहंकार छन भने अर्को तिर माया र प्रेम छन ।
हामिले धेरै जसो ठाउमा रिस र अहंकार लाई प्रयोग गरेका छौ र अति थोरै ठाउँमा मात्र माया र प्रेमलाइ प्रयोग गरेका छौ, लिन मात्र खोजेका छौ तर दिन खोजेका छैनौ त्यसैले हामी तनाबमा छौ र अशान्त छौ । के छ र दिने भन्ने प्रश्न उठ्ला हामी सङ अरु केही नभए पनि मुस्कान र प्रेम त छ त्यही दिउ ,त्यही बाडौ। एसो मन मनै बिचार गरौं होकि होइन ? मकै छर्यो भने मकै पाउछौ ,धान छर्यौ भने धान पाउछौ हो त्यस्तै हो रिस छर्यो भने रिस पाउछौ,अहन्कार छर्यौ भने अहन्कार नै पाउछौ र प्रेम छर्यौ भने प्रेम नै पाउछौ ल के पाउन मन छ त्यही छरौ । यदि रिस र अहन्कार छर्यौ भने त्यही पाउने छौ फलस्वरूप हामिलाइ चारै तिर बाट रिस र अहन्कारले घेरन थाल्छन अनि हामी तनाव भोग्छौ र अशान्त रहन्छौ । यदि हामी प्रेम छर्यौ भने प्रेम नै उमरिन्छ र चारै तिर बाट हामिलाइ प्रेम ले घेर्न थाल्छ फलस्वरूप हामिलाइ प्रकिर्तिले प्रेम गर्न थाल्छ अनि हामी यो दुई दिने जिन्दगी आनन्दले बित्छ ।
जिन्दगी बिताउने हो अरु केही होइन खाली कसरी बिताउने भन्ने मात्र हो ।अशान्त ,तनाब लिएर बिताउने या आनन्दले बिताउने ? यदि अशान्त र तनाब मा बाच्ने हो भने अहंकार ,रिस र लोभ लाई अङालौ यदि आनन्दले बिताउने हो भने प्रेम लाई अङालौ ।प्रेम गर्न गाह्रो छ यो प्रयास गरौ यदि मान्छेलाइ प्रेम गर्न सकिएन भने प्रकिर्ती बाट शुरु गरौं । सुर्य नमस्कार ,चन्द्र नमस्कार ,लगाएत विभिन्न रुख हरु र प्राणी हरुलाइ पुजा गर्नु भनेको प्रेम को बानी बसाल्न को लागि शुरु गरिएका प्रक्रिया हो त्यसैले आफ्नो अगाडि देखिने सम्पुर्ण बस्तुहरुलाइ प्रेम भाबले हेर्न शुरु गरौं र बिचार गरौ कस्तो हुदो रैछ । जे जस्तो भए पनि आखिर एकदिन रित्तै जानु पर्छ यो सत्यलाइ स्वीकार गरौं र जतिन्जेल यहाँ रहन्छौ आनन्दले रहने प्रयास गरौं। मानव शरीर पनि एउटा पिर्थ्बी जस्तै हो प्रत्यक कुरा शरीर भित्रै छन हामिले खोजौ र चिनौ । भित्र लुकाएर बाहिर खोज्न दौडी राखेका छौ एक पटक आफू भित्र खोजौ यसको बाटो भनेको ध्यान हो केही समय ध्यान गरौं । Medicine र meditoaton हुन फरक यत्ती हो medicine फरक रोगको फरक हुन्छ भने meditiation सबै रोगको एउटै औषधि हो त्यसैले ध्यान गर्न शुरु गरौ । ध्यान गर्ने विभिन्न पद्धति हरु छन ती मध्य सबै भन्दा सजिलो भनेको स्वास्प्रस्वास मा आफ्नो ध्यान लगाउनु हो केही पनि गर्नु पर्दैन कुनै एक ठाउँमा सजिलो गरि बस्नुहोस ,आँखा चिम्लिनुस अनि आफुले फेरेको सास लाई गन्नु होस त्यो बेला बेलामा मनमा अनेक कुरा हरु खेल्न सक्छन खेल्न दिनुस।हाम्रो शरिरका कतिपय अङ हरु काम नगरी बसेका छन तिनिलाइ जगाउनुहोस ।तिनिलाइ जगाउने दुइटा उपाय छन एउटा एउटा हो ध्यान अर्को हो धेरै भन्दा धेरै अक्सिजन हाम्रो भित्र तान्नु र एक छिन त्यही भित्र राख्नु ।त्यसको लागि आफू एक्लै भएको जुनसुकै बेलामा पनि लामो सास लिनुहोस एकछिन त्यसलाइ भित्रै रोक्नुहोस अनि छोड्नुहोस ।यहि प्रक्रिया दोहोर्याइ राख्नुहोस जसले गर्दा सुतेका अङ हरु जाग्न थाल्नेछन र हामिलाइ सहयोग गर्न थाल्नेछन अनि रोग बिरुद्ध लड्न थाल्नेछन।रोग बिरुद्दको सबैभन्दा ठूलो औषधि भनेको सकारात्मक सोच हो त्यसैले सकारात्मक सोचौं कस्तो हो त सकारात्मक सोच एउटा कथा बाट स्पस्ट पार्न चाहान्छु।
कुनै देशमा भिरको काखमा एउटा मन्दिर थियो र मन्दिरकै छेउमा एउटा कुटि थियो र उक्त कुटिमा दुइ जोगी हरु बस्ने गर्दथे । एक दिनको कुरा हो अत्यन्तै हुरि बतास र पानी पर्यो अनि उक्त कुटिको छानो उडाइदियो ।एउटा जोगिले हार गुहार गर्न थाले,भगवान लाई गाली गर्न थाले र भन्न थाले हे भगवान म दुखिले जनतन बस्न पाएको थिए मेरो छानो किन उडायौ ।अब म कसरी रात काट्न सक्छु ,म कसरी बस्न सक्छु थुक्क मेरो भाग्य भन्दै रुन कराउन थाले । उता अर्को जोगि चाहिँ भगवान लाई र आफ्नो भाग्यलाइ धन्यबाद दिन थाले ।हे भगवान हजुर कति धन्य ,मलाइ कति प्रेम गर्नु भयो सन्सार उडाउदा मेरो कुटिको छानो मात्र उड्यो,मलाइ केही भएको छैन,अब म रातमा पनि तारा हेर्दै सुत्न पाउने भए भगवान हजुर धन्य हुनुहुन्छ ।साझ खाना खाने बेला भयो एउटा जोगि पिरमा थिए उन्लाइ अब छानो नभएको कुटिमा म कसरी निदाउ ,पानी पर्ला ,चिसो आउला भन्ने अनेकौ चिन्ता ले गर्दा खाना मीठो भएन उता अर्को जोगि भने रातमा तारा हेर्दै सुत्न पाइने भयो भन्दै मीठो मान्दै खान थाले।सुत्ने बेला भयो दुबै जोगि कुटिमा गए ।एउटा जोगि खाली आकाश देखि डराउन थाले चिसो मौसम थियो र आफुलाइ अत्यन्तै चिसो भएको महशुस गर्न थाले ,पानी पर्ने डर लाग्न थाल्यो ,हावा चल्ने डर लाग्न थाल्यो जसले गर्दा उनी रात भरी निदाउन सकेनन।उता पट्टी अर्को जोगि चाहिँ आकाशका तारा हेर्दै रमाउन थाले भन्दै छन यहि बेला अलि अलि पानी पर्यो र बतास चल्यो भने कति आनन्द आउथ्यो होला भन्दै प्रकिर्ती सङ रमाउदै निदाए।बिहान उठ्दा पिर मान्ने जोगिलाइ रुवाखोकिले समाती सकेको थियो भने अर्को जोगि चाहिँ हिज भन्दा आज स्वच्छ र स्वस्थ देखिन्ते। पहिलो जोगिलाइ म मर्छुकी भन्न डर थियो भने दोस्रो जोगिलाइ मर्ने कुराको कुनै पिर थिएन ।यस्तै दिन हरु बित्दै गए पहिलो जोगिलाइ अनेक थरी डर लाग्न थाले ,चिसोले समाउन थाल्यो र बिस्तारै बिरामी पर्दै गए उता अर्को जोगि चाहिँ रमाउदै गए,चिसो हावा,पानी सजिलै सहदै गए झन पछि झन स्वस्थ हुँदै गए ।एउटै ठाउँ ,एउटै खाना,एउटै बाँस भएर पनि पहिलो जोगिको जीवन तनाबमा बित्यो भने दोस्रो जोगिको जिबन हासेर बित्यो यो सबै किनत भने सोचाइ ।पहिलो जोगिको सोचाइ नकारात्मक थियो त्यसैले परिणाम पनि नकारात्मक आयो ।दोस्रो जोगिको सोचाइ सकारात्मक थियो अनि परिणाम पनि आयो ।बनको बाघले खादैन मनको बाघले खान्छ भनेको यहि हो ।
हामिले देखेकै छौ ,भोजेकै छौ।कहिले बाढी पहिरो आउँछ,कहिले आधी हुरि आउँछ,कहिले भुकम्प आउँछ त कहिले कोरोना आउछ यी चिज हरु हामी छेक्न सक्दैनौ ।हामिले पिर गर्छौ ,तनाब लिन्छौ तर पनि यी चिज हरु आउन छोडेका छैनन त्यसैले हामिले गर्न सक्ने भनेको सहने मात्र हो हामी खुसी भए पनि आउछन,पिर मानेर बसे पनि आउछन यी हाम्रो हातमा छैनन।हाम्रो हातमा यत्ती मात्र छकी हामी खुसी हुने या दुखी हुने त्यो हामिले निर्णय गर्ने कुरा हो ।यदि दुखी हुने निर्णय गर्यौ भने जीवन खुसिले बित्छ,खुसि हुने निर्णय गर्यौ भने खुसिले बित्छ आखिर जीवन बिताउने नै हो।ठूलो महलमा बसेर ,महँगो गाडी चढेर ,महँगो पहिरन भिरेर मात्र कोहि खुसी हुन सक्दैन ।झुपडिमा बसेर,एक्छाक नखाएर,पुराना कपडा लगाएर कोहि दुखी हुदैन यो त केबल सोचाइ मात्र हो।देखेकै छौ ,सुनेकै छौ झुपडीमा बस्नेहरु पनि बर्सौ तन्दुरुस्त भै बाचेका र महलमा बस्नेहरु पनि आत्महत्या गरेका ।हामी जति खुसी हुन्छौ त्यति निरोगी हुन्छौ,जति दुखी हुन्छौ त्यति रोगी हुन्छौ।हो निरोगी बन्नको लागि जस्तो परिस्थितिमा पनि खुसी हुने निर्णय गरौ र त्यसको लागि सबै बस्तुहरुलाइ प्रेम गर्न शुरु गरौं ।अर्कोले प्रेम गर्यो या घृणा गर्यो त्यता नलागौ आप्ग्नो एउटा स्थाइ निर्णय आफै गरौ अरुको बिचार को भरमा आफ्नो बिचार परिबर्तन नगरौ।सन्सारका ठुला ठुला धर्म ग्रन्थ हरुको निचोड पनि त्यही हो खुसी साथ जीवन बिताउ त्यसको लागि सबैलाइ प्रेम गर्न शुरु गरौ ।हामिले पनि एक पटक बिचार गरौ र प्रयोग गरेर हेरौ।
‘रिस र अहंकार हाम्रा शत्रु हुन केहि दिन यिन्लाइ फालेर हेरौ ।’
‘माया र प्रेम हाम्रा मित्र हुन केही दिन यिन्लाइ पालेर हेरौ।’
Seto khaber