मेची महाकाली अभियानलाई ब्यापक रुपले सम्पन्न गर्ने माओवादी नवलपरासीको निर्णय

0

बर्दघाट – नेकपा ( क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीको बर्दघाटमा मंगलवार बसेको बिशेष बैठकले मेची महाकाली अभियानलाई ब्यापक रुपले सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले देशभक्त जनगणतान्त्रिक मोर्चाको सो अभियानलाई पार्टीको सबै जनवर्गीय संगठन तथा मोर्चाले एकीकृत रुपमा सहयोग गर्न निर्देशन गर्ने निर्णय गरेको हो । बैठकले अभियानकर्मी नेताहरुको टोलीलाई सुनवलको अस्नैया, बर्दघाटबजार र बर्दघाट १४ दाउन्नेदेवीमा बिशेष सम्बोधन गर्न ब्यवस्थापन समिति समेत गठन गरेको छ । पश्चिमबाट परि थापा नेतृत्वमा आउने अभियान टोलीले तीनैवटा स्थानमा जनसभा गर्ने समेत जनाइएको छ । त्यस्तै बैठकले परासी, सरावलको गोबरहिया प्रतापपुरको गोपीजंग लगायतका मधेश क्षेत्रमा समेत कोणसभा गर्ने निर्णय लिएको छ । बैठकले राष्टियता पक्षधर सबै जनतामा अभियानलाई सहयोग गर्न अपिल समेत गरेको माओवादी नेता संकल्पले बताउनुभयो । बैठकले फागुन १४ बाट शुरु सहीद सप्ताहमा पश्चिम नवलपरासीका २४ जना सहिदका परिवारमा भेटघाट गर्ने निर्णय लिएको बताइएको छ । त्यसैगरी बैठकले फागुन २४ गते अन्तराष्टिय श्रमिक महिला दिवसका दिन अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला भेला गर्ने निर्णय गरेको संकल्पको भनाई थियो । कार्यवाहक जिल्ला सेक्रेटरी संकल्पको अध्यक्षता जिल्ला सदस्य तथा पाल्हीनन्दन गाउपालिकाका सेक्रेटरी न्युक्लियसको संचालन रहेको कार्यक्रममा सचिवालय सदस्य रामप्रसाद , विवेक , समर ,क्रान्ति अनिल प्रशान्त युगल लगायतले धारणा राख्नुभएको थियो ।

You might also like