मृतक पुनका परिवारलाई बर्दघाट नगरपालिकाले १ लाख २५ हजार आर्थिक सहयोग गर्ने

0

नवलपरासी २२ साउन – बर्दघाट नगरपालिका नगर कार्यपालिकाको बैठकले भारत तथा देशका बिभिन्न क्षेत्रबाट नगरमा बस्न आउनेहरुका लागि अनिवार्य रुपमा पीसीआर परिक्षण गर्ने निर्णय गरेको छ ।
बुधवार भएको बैठकले एकीकृत रुपमा क्वारेन्टाइन संचालन गर्ने ,होम क्वारेन्टाइनलाई प्राथमिकता दिने र भारत तथा देशका बिभिन्न क्षेत्रबाट नगरमा बस्न आउनेहरुका लागि अनिवार्य रुपमा पीसीआर परिक्षण गर्ने निर्णय लिएको नगर प्रमु धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले भारतबाट आएर बर्दघाट–२ को क्वारेन्टाइनमा बस्दा मृत्यु भएका धनबहादुर पुनको परिवारलाई काजक्रिया खर्चवापत २५ हजार र उनको परिवारको आर्थिक विपन्नतालाई मध्यनगर गर्दै कोरोना कोषबाट १ लाख रुपमा आर्थिक साहयता गर्ने निर्णय गरेको छ ।
उता बर्दघाट १५ मा माछा मार्ने क्रममा मृत्यु भएका सुधीर विक र प्रविण बिकका परिवारलाई काजक्रिजावापत २५÷२५ हजार प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।

You might also like