पाठक खाध्य उद्योग बर्दघाटमा आगलागी

क्षति विवरण मुचुल्का पछि मात्र आउने प्रहरीको भनाइ

0

बर्दघाट २१ साउन : बर्दघाट ४ को शिबनगरमा रहेको पाठक खाध्य उद्योगमा राती करिब एक बजेबाट लागेको आगो तिन घन्टा पछि नियन्त्रणमा आएको छ । आगलागी के कति  कारण बाट भएको हो र  कति क्षति भयो भन्ने बारे अहिले यकिन हुन नसके पनि भौतिक रुपमा ४ वटा मेसिन जलेको र मानबिय क्षति भने नभएको बताइएको छ । इलाका प्रहरी कार्यालय बर्दघाट को प्रारम्भिक जानकारी अनुसार आगो नियन्त्रणमा लिन रामग्राम नगरपालिका र बुटवल उप महानगर पालिकाको दमकल प्रयोग गर्दा समेत ३ घण्टा बढी समय लागेको थियो । क्षतिको जानकारी मुचुल्का पछि मात्र आउने प्रहरी निरीक्षक हुम प्रसाद रेग्मीले बताउनुभयो ।आगलागी बिधुत प्रवाहका कारण भएको र त्यसबाट आसपासमा पर्न सक्ने क्षतिका कारण आफुहरु उक्त समयमा घर बाहिर बसेर सतर्क भएको स्थानीयले बताएका छ्न ।

You might also like