बर्दघाट–२ चिसापानीमा आइसोलेशन सेन्टर भवनको शिलान्यास

0

बर्दघाट ५ असार – पश्चिम नवलपरासीका बर्दघाट–२ चिसापानीमा आइसोलेशन सेन्टर भवनको शिलान्यास गरिएको छ । भवनको नगर प्रमुख धीरज शर्मा बस्याले शुक्रवार शिलान्यास गर्नुभएको हो ।


त्यस्तै कोरोना कहरबाट नगरवासीलाई बचाउन आइसोलेशन सेन्टर बनाउनु आवश्यक रहेकाले भवन निर्माणको कार्य थालिएको नगर प्रमुख बस्यालले स्थानीय पत्रलाई बताउनुभयो ।
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष डीपी श्रेष्ठको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष दया दर्लामीलगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
चालु आर्थिक बर्ष भित्र निर्माण हुने सो आईसोलेशन सेन्टरको कुल बजेट ७४ लाख ९४ हजार ३ सय ५८ रुपैया रहेको जनाइएको छ ।

You might also like