बाँकेमा २७ संक्रमित थपिए, राजस्व कार्यालयका ११ कर्मचारी पनि संक्रमित

0

साउन १५, २०७७

नेपालगञ्ज : बाँके बर्दिया र दाङमा थप ३६ जना कोरोना संक्रमित थपिएका छन्।  भेरी अस्पताल  नेपालगन्जको पिसीआर ल्याबमा भएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण देखिएको हो।  नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र, आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा एकै पटक २७ जनाका कोरोना संक्रमण देखिएको हो। आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको ६४ नमुना मध्ये ११ जनाका कोरोना संक्रमण देखिएको हो। त्यसै गरी त्रिभुवन चोक क्षेत्रमा संकलन गरिएको स्वाबबाट थप १६ जनामा कोरोना पोजेटिभ देखिएको।  योसँगै बाँकेमा कोराना पोजेटिभको संख्या ४ सय ३४ पुगेको छ।  त्यसै गरी बर्दियाका ७ र दाङका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ। एकै पटक २७ जना मा कोरोना पोजेटिभ देखिएको बाकेमा सुरक्षा र स्वास्थ्य अधिकारीहरुको आपतकालिन बैठक सुरु भएको छ।

Thaha khaber

You might also like