राष्ट्रियता संकटमा – परि थापा

दलाल सत्ताधारीहरुका कारण राष्ट्रिय स्वाधीनतामा आँच-केसी

0

ईश्वरी प्रसाद गैरे
दाङ १७ माघ – देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परी थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) र भारतीय सिमा अतिक्रमणले राष्ट्रियता गम्भिर संकटमा परेको उनले बताएका छन् । इन्डो – प्यासिफिक रणनीति अन्तरगत आएको एमसीसी र भारतीय सिमा अतिक्रमणले देश गम्भिर संकटमा छ – देशभक्त जनगणतान्त्रिक मोर्चा दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा थापाले भन्नुभयो – राष्ट्रियता सार्वभौमिसत्ता खतरामा छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य थापाले भारतले १० हजार १९ वर्गकिलोमिटर भुभाग भारतले मिचेको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा दाङ ईञ्चार्ज निरज केसीले देशभक्तहरुबीच एकताको आवश्यक रहेको बताउनुभयो । उहाँले दलाल सत्ताधारीहरुका कारण राष्ट्रिय स्वाधीनतामा आँच आएको बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, साहित्यकार तथा बाम बुद्धिजिवी शशिधर भण्डारी नागरिक समाजका अध्यक्ष चन्द्रराज पन्त प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम राजमो अध्यक्ष गणेश आचार्यलगायतले विचार ब्यक्त गर्नुभएको थियो । कार्यक्रम देजमो दाङका अध्यक्ष नरेन्द्र बन्जाडेको अध्यक्षता कोषाध्यक्ष तिलक विकको संचालन सचिव ईश्वरी प्रसाद गैरे स्वागतमा भएको थियो ।

You might also like