अर्थमन्त्री जनार्दन शर्माको कठोर निर्णयले देशभर तरङ्ग !
अर्थमन्त्री जनार्दन शर्माले कठोर कदम चालेका छन् । मन्त्री, सचिव, सहसचिव र अन्य सरकारी निकायले पाउँदै आएको इन्धन सुविधा कटौति गरेर कठोर कदम चालेका हुन् ।
यी व्यक्ति तथा निकायले पाउँदै आएको इन्धन सुविधा सरकारले २० प्रतिशतले कटौती गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकबाट २० प्रतिशत इन्धन सुविधा कटौती प्रस्ताव पारित भएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।नेपाल आयाल निगम पछिल्लो समय ३५ अर्ब घाटामा गइसकेको छ।
अन्तरराष्ट्रिय बजारमै मूल्य अत्याधिक आकाशिएको पेट्रोलियमको आयातका कारण विदेशी मुद्रा संचितिमा ठूलो द’बाव पर्न थालेपछि तेल कम खपत गर्ने प्रमुख उपायको रुपमा सरकारले यो निर्णय गरेको हो।सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रिस्तरका लागि मासिक दुई सय ७ लिटर तेल तोकेको छ।
यो हिसाबले वार्षिक २४ सय ८४ लिटर तेल एक मन्त्रीको भागमा पर्न जान्छ। यसमा २० प्रतिशत (४९७ लिटर) कटौती गर्दा अब यो करिब दुई हजार लिटरमा झर्नेछ।यस्तै, सरकारले सचिवका लागि अहिल मासिक सय लिटर इन्धनको कोटा तोकेको छ।
यो हिसाबले सचिवले वार्षिक १२ सय लिटर तेल पाउँछन्।यस्तै, सहसचिव स्तरका कर्मचारीले मासिक ७० लिटर पाउँछन्। यो हिसाबले वार्षिक ८ सय ४० लिटर तेल सुविधा प्राप्त गर्नेछन्। यो सबैमा सरकारले २० प्रतिशत कटौतीको निर्णय गरेको हो।
यो पनि : राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित
काठमाडौं । दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।विराटननगरस्थित माओवादी केन्द्रको प्रदेश १ पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रम गरी माओवादीमा प्रवेश गरेको घोषणा गरिएको हो ।
मञ्चका केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा अन्य पदाधिकारीसहित सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ ।नेकपा एमाले निकट मुक्ति समाज नेपाल झापाका पूर्व उपाध्यक्ष लकान्द्री, मञ्चका उपाध्यक्ष नरेन्द्र घतानी, एमाले प्रदेश १ का सल्लाहकार गोपाल लकान्द्री,
नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीसहित ३५ जना नेतालाई माओवादीका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले पार्टीमा प्रवेश गराए ।सो अवसरमामा ओवादीसँग मञ्चले दलित अधिकारसँग सम्बन्धित व्यवस्थाहरु व्यवहारमा लागू गर्न निरन्तर पहल गर्ने लगायतका विभिन्न नौ बुँदे समझदारी गरेको छ ।
अध्यक्ष लकान्द्रीले जातीय मुक्तिको आवाज उठाउने पार्टी माओवादीमात्रै भएको दाबी गरे ।सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य तथा किरात खम्बुवान क्षेत्रका संयोजक हर्कराज राई उक्त पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनलाई पनि नेता काफ्लेले खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए ।दलित आन्दोलनका अगुवा नरेन्द्र घतानीले माओवादीले जातीय र वर्गीय मुक्तिका लागि संघर्ष गर्दा अप्रत्यक्ष रुपमा सहयोग गरेको तर ,
अहिले प्राप्त भएका उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएपछि पार्टी प्रवेश गरेरै संघर्ष गर्ने निर्णय गरेको बताए ।कार्यक्रममा माओवादी प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ, प्रदेश उपाध्यक्ष विजय साम्पाङ, शिवकुमार डाँगी, प्रदेश सचिव गणेश उप्रेतीलगायतको उपस्थिति थियो । sampurnabkhabar