अबैध मालसमान प्रहरीको नियन्त्रणमा

0

सहबान अन्सारी

नवलपरासी,
पश्चिम नवलपरासीको रामग्रान नगरपालिका वडा नं. ४ बाईपासमा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको २५ किलो चिनी, ढोकाको कब्जा १८० पिस र सकेट पाईप ११६ पिस लगायतका मालसमान जिल्ला प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएको छ ।
त्यसैगरि पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा नेपालबाट भारततर्फ लैजादै गरेको ६२ हजार ५ सय मुल्य बराबरको २४ बोरा मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं.४ गेरमामा ४० हजार मुल्य बराबरको १३ बोरा मटर ( केराउ) प्रहरी चौकी गेर्मीले नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।
उक्त मटर (केराउ) मानिसहरुले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए ।
नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिनुभयो ।

You might also like