११० औँ लक्ष्मी जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न,

0

नवलपरासी – ११० औँ लक्ष्मी जयन्तीको अवसरमा साहित्य परिषद नवलपरासीको आयोजनामा बुधबार दाउन्ने गुम्बा प्रांगणमा देवकोटा स्मृती तथा रचना बाचन कार्यक्रमका साथै डाक्टर श्याम प्रसाद न्यौपानेको दशौ कृती विमोचन सम्पन्न भएको छ । परिषदका उपाध्यक्ष उत्तमध्वज केशीको अध्यक्षता, नेपाल बार एशोसियसन नवलपरासीका अध्यक्ष कृष्ण प्रसाद सिंग्देलको प्रमुख आतिथ्यता एवं लम्बिनी बांगमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवलीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य परिषद नवलपरासीका अध्यष डाक्टर श्याम प्रसाद न्यौपानेको दशौँ कृती आगोका फिलिंगाहरु मुक्तक संग्रह विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सिंग्देलले महाकवी देवकोटाको जिवनीमा माथि प्रकाश पार्दै सर्जगहरुले देवकोटाबाट धेरै कुरा सिक्नुपर्ने र साहित्य र कलाले जनभावना प्रकट गर्ने विचार ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाहरु दुर्गा भुषाल, रामहरि अधिकारी, जनक पाण्डे, भविश्वर पराजुली, तिलक भट्रनाई, कपिलदेव पंगेनी, नारायण पाण्डे लगाएतका दुई दर्जन स्रष्टाहरुले रचना बाचन गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका अध्यक्ष उत्तमध्वज केशीले परिषदका अध्यक्षको दशौँ कृतीले नवलपरासी साहित्यमा ठुलो योगदान पुर्याएको साहित्य कला र सस्कृतीले मानिसलाई अनुशासित र सयंिमत हुन प्ररित गर्ने विचार ब्यक्त गर्नुभएको कार्यक्रममा परिषदका सदस्य दुर्गा भुषालको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण पौडेल समर्पणले गर्नुभएको थियो । यसैबीच ११० औँ महाकवी लक्ष्मी प्रसाद देवकोटाको जयन्तीको अवसरमा प्रेमा बाग्मय प्रतिष्ठान बर्दघाट २ चिसापानीको आयोजनामा जयन्ती समारोह, रचना बाच तथा प्रबचन कार्यक्रम बुधबार दिब्यज्योती माध्यमिक विद्यालय चिसापानीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका सचिव डाक्टर श्याम प्रसाद न्यौपानेको अध्यक्षता, लोक वार्ता परिषद नेपालका केन्द्रिय सदस्य डाक्टर ध्रुब भट्राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्ँथा र कार्यक्रमको उदेश्य माथि प्रतिष्ठानका सस्थापक हिमलाल ज्ञवलीले प्रकाश पार्नुभएको थियो भने अतिथिहरु पुर्व सासंद सिंधु जलेशा, साहित्य परिषद नवलपरासीका उपाध्यक्ष उत्तमध्वज केशी, महाकवी देवकोटा क्याम्पस सुनवलका अध्यक्ष कृष्ण लामिछाने, दिब्यज्योती बहुमुखी क्याम्पस चिसापानीका प्राध्यापक बद्रीनाथ खनाल, रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, बर्दघाट सञ्चार मन्चका अध्यक्ष नारायण भण्डारी लगाएतले देवकोटाको जिवनी र साहित्य र सञ्चारको महत्वारे प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रममा रामहरि अधिकारी, कपिलदेव पंगेनी, भविश्वर पराजुली, दुर्गा भुषाल, कुशल पाण्डे लगाएतका स्रष्टाहरुद्धारा रचना बाचन गरिएको थियो । सोही कार्यक्रममा प्रेमा बाग्मय प्रतिष्ठान र लुम्बिनी बाग्मय प्रतिष्ठानले प्रकाशन गरेका साहित्यीक मासिक प्रकाशनहरु समेत अतिथि र सञ्चार गृहहरुलाई प्रेमा बाग्मय प्रतिष्ठानका सस्थापक सरक्षक हेमलाल ज्ञवलीले प्रदान गर्नुभएको कार्यक्रमको सञ्चालन दिब्य ज्योती बहुमुखी क्यापसका पुर्व क्याम्पस प्रमुख कृष्ण बन्धु पौडेलले गर्नुभएको थियो ।

You might also like