लुकाएर राखेको ५३ बोरा युरीया मल पाल्हीनन्दनको मुडेराबाट बरामद

0

रेनुका चौधरी 

साउन ०३ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरीया मल प्रहरीले बरामद गरेको छ । भारतबाट अवैद्य तरिकाले ल्याएर राखेको सुचनाको आधारमा मुडेराका लख्खी प्रसाद केवट सहानीको घरबाट मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

सोधपुछका क्रममा केवट सहानी र सोही स्थानका उदयराज यादवको संलग्नता रहेकाले दुबै जनालाई नियन्त्रणमा लिईएको डिएसपी लामाले जानकारी दिनुभएको छ । बरामद भएको ५३ बोरा मल र ति दुबै जनालाई आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालय बुझाईएको छ । बरामद भएको युरीया मलको प्रति बोरा अन्दाजी ८५० का दरले ५३ बोराको मूल्य ४५ हजार ५० रहेको प्रहरीले जानकारी दिएको छ ।

Radio parasi

You might also like