बाढिले सडकको डाइर्भसन बगायो / बुटवल नारायणगढ सडकखण्ड अवरुद्ध
२७ असार, गैंडाकोट ।
गैंडाकोट नगरपालिका वडा नं. ९ स्थित थुम्सीको खहरेखोलामा बाढिले डाइभर्सन बगाउँदा पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजे बाटो बगाए सँगै सडकमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाइएको छ । खोलाको भाग पुरै बगाएको छ ।
बाढिले सडकको डाइभर्सन बगाएसँगै अहिले सबारी आबागमन पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक सञ्चालन यथासक्य छिटो गर्ने प्रयास अन्तर्गत नगरपालिका र इलाका प्रहरी कार्यालय गैंडाकोटको पहलमा बुटवल नारायणगढ सडकखण्डको ठेक्का पाएको चिनिया कम्पनीसँग समन्वय भइरहेकाले छिट्टै बन्ने इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।
Samriddhi khaber