बर्दघाटका किसानले पाए तरकारी तथा च्याउको विउ !

केही फरक अनुभुतिको कार्यक्रम:कृषक अगुवा

0

बर्दघाट १९ मंसिर : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरका कृषकहरुका लागि तरकारी तथा च्याउको बिउ बितरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ । नगरले यसपटक ब्यवसायिक फर्मका किसान र समुहमा आबद्धमा रहेका किसानहरुलाई छुट्टाछुटै मापदण्ड बनाएर अनुदानमा बीउ प्रदान गरेको हो ।
नगर मुख्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उप प्रमुख माया पौडेल र प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले कृषकलाई बीउ प्रदान गर्नुभएको थियो ।
नगरपालिकाको आ.ब.२०७८/०७९ को बार्षिक स्विकृत कार्यक्रम अनुसार तरकारी तथा च्याउको विउ वितरण गरिएको बर्दघाट नगरपालिकाका कृषि विकास शाखा प्रमुख युवराज लम्सालले जानकारी दिनुभयो । उक्त कार्यक्रमको संचालक कृषि प्राबिधिक खुमकान्त न्यौपानेले गर्नुभएको थियो । यस कार्यक्रमलाई कृषक अगुवा खुमानन्द पन्थले केही फरक अनुभुतिको कार्यक्रम भएको भन्दै कमिकमजोरीहरु सच्चाउदै कृषकहरुको हितमा नगर लाग्नुपर्ने प्रतिक्रिया दिनुभयो । कृषकलाई बितरण गर्ने अनुदानको बीउ बीजनमा यस अघि आलोचना हुदै आएको थियो ।कार्यक्रममा कृषकहरुका लागि मिनीकिट समेत बितरण गरिएको थियो ।

 

You might also like