सभामुख सापकोटा बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक पुगे

0

असार २५, २०७७

काठमाडौं :  सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकका पहिरो प्रभावित क्षेत्र बाह्रबिसे पुगेका छन्।  केहीबेर अघि सभामुख अग्निप्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल सहितको टोली घटनास्थल पुगेको बाह्रबिसेका मेयर निफुञ्जो शेर्पाले जानकारी दिए।  आफ्नो निर्वाचन क्षेत्र भएका कारण उनी बाढी प्रभावित क्षेत्र पुगेका हुन्। बिहानै त्यसतर्फ गएको  भएपनि प्रतिकुल मौसमका कारण धुलिखेलबाट फर्किएको थियो। बाढी पहिरोमा परी अहिलेसम्म २० बेपत्ता २ जनाको शव भेटिएको छ। ४ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको मेयर शेर्पाले बताए। घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ//

Thaha khaber

You might also like