गैंडाकोट नगरपालिकाः नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको तालाँ फोडियो

0
 २१ असार, 
गैंडाकोट । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति गैंडाकोटको पहलमा नगरपालिकामा लगाइएको तालाबन्दि आज खोलिएको छ । आइतबार नगरपालिका पुगेका महासंघका टोलीले नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलको कार्यकक्षमा लगाइएको ताला फोरेका हुन् । 
 
 
असार मसान्त नजिकिदैं गर्दा नगरबासीका विभिन्न काजकाजको चाँप अत्यधिक भइरहँदा महत्वपूर्ण समयमा ताँला लगाइएको भन्दै जनजाती महासंघले ताँला फोडेका हुन् ।
गत असार १६ गते नगरपालिकाको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पारित भएको नगरप्रमुखले घोषणा गरेसँगै असन्तुष्ट रहेको भन्दै नेपाली काङ्ग्रेस सम्बद्ध नगरसभा सदस्यहरुले नगरपालिकामा पुगेर नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दि गरेका थिए । तालाबन्दि पछि नगरपालिकामा दैनिक सेवा लिन आएका सेवाग्राहीले सेवा नपाएको चरम गुनासो गरेसँगै तालाबन्दि गरेका समूहले नै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेर गत असार १८ गते ताला खोलेका थिए । 
जनतालाई सेवा दिन निर्वाचनमार्फत आएका जनप्रतिनिधिले नै नगरबासीलाई सांस्ती पु¥याउने गरी नगरपालिकामा तालाबन्दि गरिएको भन्दै सर्वोत्र आलोचनासमेत भइरहेको थियो । 
 
 
ताला खोल्नु अघि जनजाती महासंघ नगर समन्वय समितिका पदाधिकारीले सेवा सुविधा दिनुपर्ने जनप्रतिनिधिले जनतालाई सेवा दिनुपर्नेमा तालाबन्दि गर्नुले उनीहरुमाथि नै प्रश्न उठेको धारणा राखेका थिए । 
 
 
सोहीक्रममा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति गैंडाकोटका अध्यक्ष ललितबहादुर गुरुङले आगामी दिनमा जनतालाई प्रभावकारीरुपमा सेवा दिन आग्रह गर्दै फेरिपनि ताला लगाए जनजाती महासंघ हेरेर नबस्ने चेतावनीसमेत दिनुभएको छ । यस्तै गरी महासंघका कोषाध्यक्ष कृष्णमान श्रेष्ठले नगरसभा सदस्यहरुको कार्यको विरोध गर्दै आगामी दिनमा सच्चिन आग्रह गर्नुभयो ।
Samriddhi Khaber

 

You might also like