बागलुङ क्वारेन्टिनमा रहेका युवकको मृत्यु,

0

बागलुङ असार २१ । जिल्लाको पश्चिम क्षेत्रको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको हो ।

गत असार १ गते परिवारका सदस्यसहित भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका विकको आइतबार बिहान मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा।मिलन मल्लले जानकारी दिए ।

विकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि ससुराली ढोरपाटनमा भएकाले त्यही नजिकको क्वारेन्टिनमा बसेका थिए । लामो समयदेखि भारतमा बस्दै आएका विक क्षयरोग र किड्नी सम्बन्धि रोगबाट ग्रसित रहेको डाक्टर मल्लले बताए । २० दिनदेखि क्वारेन्टिनमा रहेका विकका श्रीमति सहित तीन छोराछोरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । तर, मृतक विकको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन ।

रिपोर्ट नआएका कारण अन्त्येष्टि कसरी गर्ने भन्ने अन्यौल देखिएको छ ।  विकलाई कोरोना संक्रमण भए नभएको रिपोर्ट आएपछि सोही अनुसार उनको दाहसंस्कार गरिने डा।मल्लले बताए ।

Nawolpur FM

You might also like