दे.ज.मो.कपिलबस्तुको भेला सम्पन्न

0

कपिलवस्तु : नेकपा (क्रान्तिकारी माओवादी ) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कपिलबस्तु जिल्लाको तेस्रो भेलाले ज्ञानीराम पुरीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला संगठन समिति निर्वाचित भएको छ । वनगाई स्थित जनचेतना आधारभूत विद्यालयको सभाहलमा भएको भेलामा मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक के.बी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज समिर, सेक्रेटरी आकाश, मोर्चाका केन्द्रीय सदस्य रामविलाश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

You might also like