टोल विकास संस्थाहरुसंग सुझाव संकलन तथा अन्तरक्रिया

0

बर्दघाट १२ असार – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा आयोजना क्षेत्रभित्रका टोल विकास संस्थाहरुसंगको सुझाव संकलन तथा अन्तरक्रिया शुक्रवार सम्पन्न गरिएको छ । संस्थाको सभाहलमा भएको अन्तरक्रियामा बर्दघाट वडा नम्बर ४ अन्तरगत रहेका टोल विकास संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालले बताउनुभयो ।
कार्यक्रममा लम्सालले टोल विकास संस्थाहरुको सहकार्य विना खानेपानी तथा सरसफाईको क्षेत्र अपुरो हुने भएकोले सहकार्यको आवश्यकता महसुस गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले टोल विकास संस्थाहरुसंग खानेपानी संस्था संगसगै जान चाहेको हुदाँ त्यसको महत्वबोध भएका हुदाँ टोल टोलमा हुने खानेपानी तथा सरसफाईका कार्यक्रममा टोल विकास संस्थाले भुमिका खेल्नुपर्ने जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका ब्यवस्थापक बिष्णु कुमार भुसालले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बर्दघाट बजार विकास समितिकाअ अध्यक्ष सोभाकान्त कोईराला ( शिव ) टोल विकाससंस्थाहरुको तर्फबाट कदम बहादुर जिसी डिलाराम चालिसे,रमेश ज्ञवाली, इन्दिरा सार्की, काशीराम न्यौपाने,सोविर पुन, मनबहादुर पुनलगायतले सुझाव राख्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा संस्थाका कार्य समिति सदस्य गणेश बहादुर क्षेत्री खानेपानी सुरक्षा योजना टोलीका सदस्य कृष्णहरि पौडेल बाबुराम घिमिरेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा भएको थियो ।
त्यस्तै संस्थाको हालै भएको नियमित बैठकले धनबहादुर गुरुंगको संयोजकत्वमा कालीदास पाण्डे र रेनुका खत्री रहेको तीन सदस्सीय निर्माण समिति गठन गरेको संस्थाका अध्यक्ष धातानन्द बस्यालले जानकारी दिनुभयो । संस्थाको मंगलवार भएको बैठकले खानेपानी सुरक्षा योजना टोलीले दिएका सुझावलाई ग्रहण गर्दै सो सुझावलाई निर्माण समिति मार्फत कार्यान्वयन गर्ने तयारी गरिएको उपाध्याक्ष m लम्सालको भनाई छ । टोलीले मुहान अनुगमन पछि संस्थालाई बिभिन्न सुझाव दिएको थियो । टोलीले खानेपानी सुरक्षा सम्बन्धि कार्ययोजना समेत बनाएको थियो ।

You might also like