चिसापानी सामुदायिक वनद्वारा सरावल गाउपालिकाको प्रकोप कोषमा सहयोग

0

नवलपरासी – सरावल गाउपालिकाको प्रकोप कोषमा चिसापानी सामुदायिक वन उपभोक्ता समुहले रु तीस हजार सहयोग गरेको छ । सरावल गाउपालिका वन समुहको कार्यक्षेत्र रहेकाले समुहले कोषमा सहयोग गरेको कृष्ण जिवन तिवारीले बताउनुभयो । सामुदायिक वनले गरेको सहयोग प्रति गाउपालिकाका अध्यक्ष राधेश्याम चोधरीले आभार ब्यक्त गर्नुभएको छ । यस अघि बर्दघाटस्थित पारिजात सामुदायिक वन उपभोक्ता समुहले पनि कोषमा रकम प्रदान गरेको थियो ।

You might also like