बर्दघाटमा १ जना संक्रमित थपिए

वडा नम्बर ४ का ३३ बर्षीय पुरुषमा पोजेटिभ

0

नवलपरासी ७ असार – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट आएका वडा नम्बर ४ का ३३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको हो । यो संगै बर्दघाट नगरमा कोरोना संक्रमितको संख्या ३ जना पुगेको छ ।
बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार आज १ जनाको रिर्पाेट आएकोमा उनमा पोजेटिभ देखिएको छ । उनलाई कारोना बिशेष अस्पताल बुटवल लगिएको उहाँले बताउनुभयो । ३६ जना पठाएको स्वाव पीसिआरका लागि पठाइएकोमा १ जनाको मात्र रिर्पाेट आएको र बाँकी ३५ जनाको रिर्पाेट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । संक्रमित भारतको मुम्बईबाट आएका हुन । उनको भैरहवामा स्वाब परिक्षण भएको थियो ।
त्यस्तै पश्चिम नवलपरासीको सुनवलमा एकै पटक आईतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १६ पुरुष ५ महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणको क्रममा उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताउनुभयो । यससँगै सुनवलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्
हुन् । यसअघि भेटिएका ६ जनासँगै सुनवलमा मात्रै कोरोना संक्रमितको संख्या २७ पुगेको छ । संक्रमितलाई सुनवलमै रहेको आईसोलेसनमा राख्ने सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले बताउनु भयो । यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

You might also like