अनेमसंघ पश्चिम नवलपरासीको संयोजकमा ढकाल

0

नवलपरासी १८ पुस- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अखिल नेपाल महिला संघ(अनेमसंघ) पश्चिम नवलपरासीको जिल्ला भेलाले  राधा ढकाललाई संयोजक र  सहसंयोजकमा यमकुमारी सुवेदीलाई चयन गरेको छ ।
अनेमसंघकी निवर्तमान जिल्ला संयोजक रिंगला यादवको अध्यक्षता तथा नेकपाकी केन्द्रिय सदस्य एवं अनेमसंघकी नेतृ विमला अर्यालको प्रमुख आतिथ्यमा भेला भएको थियो ।
उक्त अवसरमा नेकपा केन्द्रिय सदस्य सरिता खनाल, जिल्ला सचिवालय सदस्य लक्ष्मी क्षेत्री, बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल, सुनवल नगरपालिकाकी कार्यपालिका सदस्य शान्ता भण्डारी, बर्दघाट–२ की वडाध्यक्ष दया दर्लामी, युवा संघका जिल्ला सदस्य राजु ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । यो भेला शनिवार सुनवलको वनकट्टीमा सम्पन्न भएको हो । भेलाले १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

You might also like