रामग्राम ६ मा वडा कार्यालय स्थापना

कार्यालयहरु वडा वडामा विस्तार गर्ने योजनामा नगरपालिका

0

नवलपरासी ५ असार – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वडा नं ६ मा वडा कार्यालय स्थापना गरेको जनाएको छ ।

तस्विर सौजन्य – जितेन्द्र प्रसाद अग्रहरी

वडाबासीहरुलाई सरल र सहज रुपमा वडाबाटै सेवा प्रदान गर्न कार्यालय स्थापना गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्थानीयपत्रलाई टेलिफोनमा जानकारी गराउनुभयो ।तस्विर सौजन्य – जितेन्द्र प्रसाद अग्रहरी
कार्यालयको एक समारोह बीच नगर प्रमुख गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले रामग्राम नगरले वडा वडामा कार्यालय विस्तार र विकास निर्माणलाई तीब्रता दिएको बताउनुभयो । संयुक्त वडा कार्यालयबाट सेवा दिइरहेका कार्यालयहरु वडा वडामा विस्तार गर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाई थियो ।
रामग्राम नगरपालिका वडा न -६ का अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरीको अध्यक्षतामा भएको  कार्यक्रममा नेपाली काँग्रेस नगर समितिका नगरसभापति नारायण रेग्मी, नेकपाका नगर ईचार्ज बुद्धन अलि नवलपरासी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, वडा नं ५का वडाअध्यक्ष बिनोद कुवर, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डेय लगायत शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै सो वडा कार्यालयमै आधारभुत स्वास्थ्य सेवा केन्द्र पनि संचालन गरि उपचार सेवा प्रदान गरिने वडाध्यक्ष अग्रहरीले जानकारी दिनुभयो ।

You might also like