पर्वत : पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा गत शनिवार राति गएको पहिरोमा परी बेपत्ता बालकको शव फेला परेको छ। बुधबार बिहान १३ वर्षीय जेनिश विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरो गएको रातबाट नै खोजी सुरु गरिएको थियो। खोजीमा आठजनाको शव यसअघि नै परेको थियो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले हरेक दिन खोजी गर्दै आएकोमा जेनिशको शव बुधवार शव फेला परेको हो। जेनिशको लामो समयसम्म फेला नपरेपछि नेपाल प्रहरीले मंगलबार तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो। प्रहरी निरीक्षक सुवेदीका अनुसार अन्य मृतकहरूको शव घर रहेको स्थान वरिपरि भेटिएको भए पनि जेनिसलाई भने पहिरोले बगाएर घरभन्दा धेरै तल लगेको थियो। जेनिसकी आमा कमला र बहिनी प्रमिशाको सोही पहिरोमा परी मृत्यु भएको थियो। उनका बुबा भने वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन्। उनको परिवारमा ४ जना सदस्य रहेका थिए। यस्तै, अर्को परिवारका तुलबहादुर थापा, मीनकुमारी थापा, डिरपा थापा, विवेक थापा, सम्राट थापा र बिबिशा थापा गरी ६ जनाको मृत्यु भएको थियो। यो परिवारका नातिनातिना र छोरीको पनि मृत्यु भएको हो। तुलबहादुरका छोरा र बुहारी भने घरबाट केही पर रहेको पसलमा रहेका कारण ज्यान जोगिएको छ

0

पर्वत : पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा गत शनिवार राति गएको पहिरोमा परी बेपत्ता बालकको शव फेला परेको छ। बुधबार बिहान १३ वर्षीय जेनिश विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरो गएको रातबाट नै खोजी सुरु गरिएको थियो। खोजीमा आठजनाको शव यसअघि नै परेको थियो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले हरेक दिन खोजी गर्दै आएकोमा जेनिशको शव बुधवार शव फेला परेको हो। जेनिशको लामो समयसम्म फेला नपरेपछि नेपाल प्रहरीले मंगलबार तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो। प्रहरी निरीक्षक सुवेदीका अनुसार अन्य मृतकहरूको शव घर रहेको स्थान वरिपरि भेटिएको भए पनि जेनिसलाई भने पहिरोले बगाएर घरभन्दा धेरै तल लगेको थियो।  जेनिसकी आमा कमला र बहिनी प्रमिशाको सोही पहिरोमा परी मृत्यु भएको थियो। उनका बुबा भने वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन्। उनको परिवारमा ४ जना सदस्य रहेका थिए। यस्तै, अर्को परिवारका तुलबहादुर थापा, मीनकुमारी थापा, डिरपा थापा, विवेक थापा, सम्राट थापा र बिबिशा थापा गरी ६ जनाको मृत्यु भएको थियो। यो परिवारका नातिनातिना र छोरीको पनि मृत्यु भएको हो। तुलबहादुरका छोरा र बुहारी भने घरबाट केही पर रहेको पसलमा रहेका कारण ज्यान जोगिएको छ।Thaha khaber

You might also like