रामग्राम नगरपालिकाद्धारा बजेट तयारीलाई तीब्रता

बिना धितो १० लाख रुपैया कर्जा दिने योजना

0

नवलपरासी – रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बजेट तयारीलाई तीब्र बनाएको छ ।
असार १० गते भित्र स्थानीय तहले बजेटका लागि सभा गर्नुपर्ने प्रावधान अनुसार नगरपालिकाले तीब्रताका साथ कार्य अगाडि बढाएको हो ।
नगरले बजेट निर्माणका आन्तरिक कामहरुलाई तीब्रताका साथ गरिरहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्थानीयपत्रलाई जानकारी दिनुभयो ।
उहाँले कृषि तथा पर्यटनका पूर्वाधारलाई बजेटले प्राथमिकताका साथ समेटने बताउनुभयो ।  रामग्राम र पण्डितपुरको विकासका साथै बसपार्क निर्माण सम्मका काम गर्ने गरी बजेट निर्माण हुने उहाँले बताउनुभयो ।
बिशेष गरी बिदेशबाट फर्किएका युवाहरुका लागि समेत बजेटमा ब्यवस्था हुने उहाँको भनाई छ । शिक्षा तथा स्वास्थ्यका बिषय पनि प्राथकिमतामै छन्–गुप्ताले भन्नुभयो– कोभिडबाट ग्रस्त भएका क्षेत्रलाई समेत बजेटले छुनेछ ।
त्यस्तै वडास्तरबाट आएका योजनाहरुलाई प्राथमिकताका आधारमा राखेर छनौट गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बजेट तयारीका लागि आन्तरिक काम तथा बिभिन्न समिति तथा क्षेत्रहरुबाट सुझाव लिने क्रम समेत जारी रहेको बताउनुभयो ।

सम्बन्धित समाचार थप नन्दन पोस्ट बाट साभार  :

बिना धितो १० लाख रुपैया कर्जा दिने योजना
रामग्राम नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन बिना धितो १० लाख रुपैया कर्जा दिने योजना ल्याउन लागेको छ । नगरपालिकाले साउन १ गतेदेखि लागु हुने गरी यसको कार्यविधि र मापदण्ड तयार गरि नगरसभाबाट पारित गराउने तयारीमा जुटेको छ । युवा तथा महिला उद्यमीहरुलाई स्वरोजगार बनाउन र आयआर्जन क्षेत्रमा प्रोत्साहन गर्न यो नयाँ योजना ल्याउन लागिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।

नगरपालिकाले विदेशबाट फर्केर आउने युवा र स्थानिय युवा तथा महिला उद्यमीहरुलाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम अन्तर्गत यो योजना ल्याउन थालेको छ । कृषि, लघु उद्यम, व्यवसाय र स्वरोजगार हुने हरेक प्रकारको व्यवसाय क्षेत्रमा काम गर्ने खोज्ने युवाहरुलाई नगरपालिकाले बंैकमा ग्यारेन्टी बसी ५प्रतिशतसम्मको न्युन ब्याजदरमा कर्जा उपलब्ध गराउने नगर प्रमुख गुप्ताले बताउनु भयो ।

उहाँका अनुसार यो युवाहरूको लागि सुनौलो अवसर रहेको छ । यो ऋण लिएर काम गर्न खोज्ने युवाले साउन १ गतेदेखि नगरपालिकामा आएर फर्म भर्ने र आवश्यक कागजात सहित प्रक्रिया पु¥याएपछि नगरपालिकाले बंैकमा ग्यारेन्टी बसी युवाहरुको माग अनुसार कम्तिमा ३ लाख बढिमा १० लाखसम्म कर्जा उपलब्ध गराउने प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

कृषि, व्यवसाय, लघु उद्यम क्षेत्रमा काम गर्न खोज्ने युवाहरुले उक्त ऋण लिएर काम गर्न थालेपछि नगरपालिकाले उक्त कामहरुको अनुगमन गर्ने र आवश्यक सहयोग पनि गर्ने छ भने बंैकबाट ऋण पाउने युवाले नियमित ब्याज तिर्ने र आफुँलाई सहजहुने गरि ऋणपनि किस्तामा तिर्दै जानु पर्नेछ ।

क्रोना माहामारीका कारण देश र जनताहरुको अर्थतन्त्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा प्रभाव र कोभिड–१९लाई केन्द्रित गरि योजना कार्यक्रम ल्याउन लागिएको छ । यो कार्यक्रम आर्थिक बर्ष २०७७÷०७८ साउन १ गतेदेखि लागु हुनेछ । युवाहरुलाई स्वरोजगार बनाउन र आर्थिक रुपमा बलियो बनाउने यस योजनाले यहाँका युवा तथा महिला उद्यमीहरु निकै लाभान्वित हुने नगर प्रमुख गुप्ताको विश्वास रहेको छ ।

 

 

 

You might also like