शाही युवा शक्ति नेपाल र शिवसेना नेपाल नवलपरासीद्धारा बिरोध कार्यक्रम

0

बर्दघाट ३० जेठ – शाही युवा शक्ति नेपाल नवलपरासी र शिवसेना नेपाल नवलपरासीले बर्दघाटस्थित त्रिवेणीचोकमा विरोध प्रर्दशन गरेका छन् ।
एमसीसीको खारेजी तथा बैदेशिक हस्तक्षपको बिरुद्ध शाही युवा शक्ति र शिवसेनाले संयुक्त बिरोध कार्यक्रम गरेका हुन ।
बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रघाती एमसीसी खारेज गर , बैदेशिक हस्तक्षेप बन्द गर जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा शिव सेनाका प्रदेश ४ अध्यक्ष राजेश मैनाली , शाही युवा शक्ति नेपालका जिल्ला अध्यक्ष मिलन श्रेष्ठ, शिव सेनाका जिल्ला अध्यक्ष उपेन्द्र गौतम , विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य देवी घिमिरेलगायतले बोल्नुभएको थियो ।

You might also like