पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो

0

बर्दघाट ३० जेठ – बर्दघाट नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान बर्दघाट १ की ३५ वर्षकी महिलामा कोरोना पुष्टि भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । ११ जनाको स्वाब पठाएकोमा १ जना पोजिटिभ आएको ज्ञवालीले बताउनुभयो । अझ १२ जनाको स्वाबको रिर्पाेट आउन भने बाँकी ने छ ।
त्यस्तै स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले दिएको जानकारी अनुसार बिहीबार साँझ प्रतापपुर गाउँपालिका वडा नं ३ मा एक ३४ बर्षिय पुरुषमा संक्रमित भेटिएको थियो । अहिले जिल्लामा संक्रमितको संख्या ४६ पुगेको छ ।

You might also like