भ्रष्टाचार, महंंगी कालोबजारी तस्करी र अपराधका बिरुद्ध प्रतिरोधात्मक कार्वाही गर्ने क्रान्तिकारी माओवादीको चेतावनी

0

बुटवल – नेकपा क्रान्तिकारी माओवादी प्रदेश ५ नंं समितिको कार्यालयको तर्फबाट प्रदेश सेक्रेटरी प्रमोदले एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, महंंगी कालोबजारी तस्करी लगायतका अपराध रोक्न र कार्वाही गर्न सरकारले ध्यान नदिएमा जनस्तरबाटै ती अपराधका विरुद्ध प्रतिरोधात्मक कार्वाही हुने चेतावनी दिएको छ ।
यही २५ गते एमसीसीलगायत भारतीय अतिक्रमण, कोरोनाको संक्रमण तथा देशका अन्य समसामयिक सवालहरुको सन्दर्भमा ओली सरकारको असक्षमता तथा अकर्मणेतालाई लिएर एक प्रेस विज्ञप्ती प्रकाशित गरेका छन् । प्रेस विज्ञप्तीको पूर्णपाठ तल दिइएकोछः
प्रेस विज्ञप्ती :
१ मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नरहेको स्पष्ट हुँदाहुँदै, वर्तमान सरकारले घुमाउरो बाटोबाट उक्त परियोजना संसदबाट अनुमोदन गर्ने योजना बनाएकोले त्यसका विरुद्ध सशक्त आन्दोलन आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । नेपालको असंलन प्रराराष्ट नीतिका विरुद्ध तथा अमेरिकी शैन्य रणनीति इन्डोप्यासिफिकको अभिन्न अङ्गको रुपमा अगाडि सारिएको एमसीसीले नेपालको सार्वभौमिकता र स्वतन्त्रता माथि गम्भीर नकरात्मक प्रभाव पार्ने हुँदा त्यसका विद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी समुदायको एकताबद्ध सघर्षद्वारा उक्त संझौता खारेज गर्नु यतिबेलाको महत्वपूर्ण कार्यभार हो । त्यसैले हाम्रो पार्टी एमसीसी संझौता खारेज गर्न जोड दिन्छ ।
२ राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरंतरता दिदै अतिक्रमित भूमि फिर्ता, सिमा नियमन र नियन्त्रण, स्वतन्त्र आत्मनिर्भर अथतन्त्रको बिकास तथा सबै प्रकारका वैदेशिक हस्तक्षेपको अन्त्यका लागि संयुक्त आन्दोलनको आवश्यकता छ । हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपाल र विभिन्न राजनैतिक दल लगाएतका संघ संस्थाहरुले नेपालको वास्तविक नक्शा सार्वजनिक गर्न चलाएको आन्दोलनको दबावमा सरकारले नक्शा प्रकाशित गरेको छ त्यो आन्दोलनको महत्वपुर्ण उपलब्धि हो । त्यसलाई कर्यरुप दिन निरन्तर संघर्ष र नेपालीहरुको एकता अपरिहार्य छ ।
३ कोरोना भाइरस कोभिड–१९ को संक्रमणले नेपालको जनजीवन थप जटिल र कष्टकर बन्दै गएको स्थिति मूख्यत
पिसिआर प्रविधिद्वारा परिक्षणलाई व्यापक पार्ने, विदेशबाट आएका नेपालीहरुलाइ सिमा क्षेत्रमा नै चेक जाँचको व्यबस्था गर्ने, क्वरेन्टाइनमा रहेकाहरुको परिक्षण र खानपिनको उचित ब्यवस्थापन जस्ता न्युनतम कार्यहरु पनि सरकारले गरेको छैन । जसले गर्दा कोरोना भाइरसको प्रकोपले महामारीको रुप लिने खतरा झन बड्दै गएको छ । सरकारले लकडाउनलाई नै अचुक उपचार बताउँदै आएकोमा त्यसको कार्यान्वयन पनि प्रभावकारी हुन नसकिरहेको पृष्ठभूमिमा त्यसको उपदेयता प्रती गम्भीर प्रश्न उठेको छ ।
४सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत कोरोना भाइरसले पारेको प्रभाव र क्षतिका बारेमा ठोस योजना र कार्यक्रम बन्न नसकेको स्पष्ट छ । लामो समयको लकडाउनका कारण दैनिक जीवन चलाउन नसकेर भोक भोकै मृत्युवरण गरेका मजदुर, गरिव र किसानहरुप्रती सरकारको ठोस नीति योजना र कार्यक्रम नभएकोले उनिहरुको दैनिक समस्यालाई हल गर्न न्युनतम मासिक ज्यालाको अनिवार्य ब्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी माग गर्दछ ।
५ वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको समयमै स्वास्थ्य परिक्षण गरि उनीहरुको श्रम, शिप र लगानीको उचित व्यवस्था गर्दै, देशमा रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले विशेष ध्यान दिन हाम्रो पार्टी माग गर्दछ ।
६ हालै पश्चिम् रुकुममा भएको जातीय विभेद् तथा मानवता विरुद्धको जघन्य अपराध गर्नेहरुको छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कडा कार्वाही गर्न हाम्रो पार्टी माग गर्दछ । साथै केही दिन पहिले अमेरिकामा भएको अश्वेत नागरिक माथी त्यहाँको प्रहरीले गरेको निर्मम हत्याको निन्दा र भत्सर्ना गर्दै, जातीय र रङ्गभेद विरुद्ध चलेका न्यायपुर्ण आन्दोलनमा हाम्रो पार्टी ऐक्यवद्धता जाहेर गर्दछ ।
७ जनताका जनजीवन अत्यन्त कष्टकर बन्दै गएकोले जनजीवन सामन्य पार्न तथा भ्रष्टाचार, महंंगी कालोबजारी तस्करी लगायतका अपराध रोक्न र कार्वाही गर्न हाम्रो पार्टी सरकारको ध्यान आकर्षित गर्दछ । यदि समयमै सरकारले यी सबै बिषयमा ध्यान नदिए जनस्तरबाटै ती अपराधका विरुद्ध प्रतिरोधात्मक कार्वाही हुने कुरा पनि स्पष्ट गर्न चाहन्छौं ।
मितिः २०७७÷ ०२÷ २५
क.प्रमोद
सेक्रेटरी

You might also like