दे.ज.मो.अभियानटोलीद्धारा बुटवलमा पत्रकार सम्मेलन , सरकार संस्थागत अपराधमा लिप्त – नेता थापा

0

टेक मास्की राना बुटवल ः नेकपा ( क्रान्तिकारी माओवादी ) मा स्थायी समिति सदस्य परी थापाले वर्तमान सरकारमा संस्थागत भष्टचार भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट बोल्दै नेता थापाले सरकारले संस्थागत भष्टचारमात्र नभई अपराधलाई समेत संस्थागत गरेको बताउनुभयो । सरकार नै अपराधीलाई ढाकछोप गर्न लिप्त छ जुन कुरा निर्मला हत्याकाण्डबाट पुष्टि भएको छ सो अवसरमा नेता थापाले भन्नुभयो नक्कली कम्युनिष्टहरुको काम नै नक्कली छ ।
पूर्व सांसद समेत रहनुभएका थापाले राष्टियताको रक्षाका लागि अभियान लिएर पश्चिमबाट बटवल आएको बताउदै उहाँले सत्तारुढ नेकपा नक्कली कम्युनिष्ट भएको उल्लेख गर्नुभयो । पार्टी नक्कली कम्युनिष्ट भएजस्तै संबिद्यानमा लेखिएको संघीयता र धर्मनिरपेक्षता समेत नक्कली रहेको बताउनुभयो । यो देश गरिब होइन गरिब बनाइएको हो सबै काम नक्कली हुने गरेको छ बजेट समेत नक्कली बन्छ उहाँले भन्नुभयो ।
त्यस्तै राष्टपति र प्रधाननन्त्री ओलीले धर्मनिरपेक्षताको खिल्ली उडाउदै एकल धर्मको कार्यक्रममा मात्र सरिक हुनु त्यसैको परिणाम रहेको उहाँको भनाई थियो । क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउदै उहाँले भन्नुभयो । तर ओलीजी र प्रचण्ड बीच भएको एकता जस्तो होइन उहाँले थप्नुभयो अब्बल अध्यक्ष र दोयम अध्यक्ष हुनुहुन्छ । पत्रकार सम्मेलन नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामण्ी दुखीको संचालनमा भएको थियो । त्यस्तै अभियान अन्तरगत रुपन्देहीको कञ्चन गाउपालिका ३ हरैया लुम्बिनीको पर्साचोक सैनामैनाको रामापुर कोलोनी र बुटवलको पुष्पलालचोकमा कोणसभा भएको थियो । बुटवलको सभालाई नेता परि थापा र विनोद मरासिनीले समबोधन गर्नुभएको थियो ।
त्यस्तै हरैयामा भएको कार्यक्रममा कार्यक्रममा बोल्ने क्रान्तिकारी माओवादीका नेताहरुले कपिलबस्तुको महलीसागर बाँध अनुगमनमा गएका अभियानकर्मी माथि दमनको तयारी गरिएको भन्दै दमन भए संर्घषको उदघोष गर्ने चेतावनी दिएका छन् । सो अभियानमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देजमो नेपालका केन्द्रीय सचिव परि थापाले अभियानको औचित्य माथि प्रकाश पार्दै सत्ताले दमन गरे जनताले प्रतिकार गर्ने बताउनुभयो । सो अभियानका कमाण्डर समेत रहनुभएका पूर्व सांसद थापाले गतवर्ष सरकारलाई ९४ बुदाँको ज्ञापन पत्र स्मरण गर्दै शासकको अवस्था फेरिए पनि राष्टघात जनघात भष्टाचार नातावाद कृपावादको अवस्थाबाट मुक्त हुन नसकेको बताउनुभयो । ने.का र सत्तारुढ एउटै ड्यांगका मुला हुन उहाँले सो अवसरमा भन्नुभयो हामी अभियान समापनको क्रममा आम हडताल सहितको संर्घषको तयारी गर्दैछौ । त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले सत्ताधारी दल र सरकारी कार्यालयमा नक्कली नक्साको प्रयोग गर्नु दुखद रहेको बताउनुभयो । भारतले बनाएको नक्सा प्रयोग गरेर सरकारले १० हजार १९ बर्गकिलोमिटर भुमि नेपालले गुमाउनु परेको जानकारी दिनुभयो । त्यस्तै क्रान्तिकारी माओवादीका अर्का केन्द्रीय सदस्य हिरामणी दुखीले कम्युनिष्टहरु हिंस्रक हुने प्रचार गरिए पनि त्यो भम्रपुर्ण रहेको बताउदै कम्युनिष्टहरु शान्तिप्रिय हुने बताउनुभयो । राज्यले दमन गरे विद्रोह गर्ने जनताको अधिकार हो सास्कृतिककर्मी समेत रहनुभएका दुखीले भन्नुभयो बन्दुकले दमन गर्दा बन्दुककै प्रयोग हुन्छ । सो कार्यक्रममा हरैयावासी मजदुर किसान ब्यापारलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी मेची महाकाली जनजागरण अभियान अन्तरगत लुम्बिनीस्थित पर्साचोक र सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शनिवार सम्पन्न भयो । लुम्बिनीको पर्साचोकमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखी र अर्का नेता मोजिव अलीले सम्बोधन गर्दै सर्वहारा बर्ग आदिवासी जनजाति मधेशी तथा अल्पसंख्यकको पार्टी क्रान्तिकारी माओवादी रहेको गर्नुभएको थियो ।त्यस्तै रामापुर कोलोनीमा भएको कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईञ्चार्ज धनेश्वर पोख्रेलले नक्कली नक्सा प्रयोग गर्नेहरुले बामपन्थी हुँ भन्न नमिल्ने बताउनुभयो । उहाँले देजमोले उठाएका माग हरु सम्बोधन नगरे संर्घषको बाटोमा अगाडि बढने बताउनुभयो । कार्यक्रममा सैनामैना नगरपालिकाका नगर सेक्रेटरी एकदेव पौडेलको संचालन रहेको थियो । अभियान टोलीले आइतवार पश्चिम नवलपरासीको सुनवलको अस्नैया परासी गोबरहीया गोपीगंज बर्दघाट दाउन्नेदेवीमा कार्यक्रम गरी सोमवार नवलपुर पुग्ने कार्यक्रम रहेको नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले जानकारी दिनुभयो ।

You might also like