गै‌ंडाकोटमा कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

0

११ जेठ, चितवन । कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ ।

आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका-८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । onlinekhabar

You might also like