भगुवावादले आक्रान्त समाज र राजनीति !

0

एच.के.श्रेष्ठ

समस्याले ग्रसित भई समाधान बिनाको लाचारी जीवन निर्वाह गर्न परेपछि कुनै पनि “वाद” को केहि लाग्दोरहेनछ । विभिन्न राजनीतिक “दर्शन र वाद” हरुलाई अहिले धोति लगाइएको छ ।

के माक्र्सवाद लेनिनवाद, माओवाद, के जनवाद, के प्रजातान्त्रिक समाजवाद, के लोकतन्त्रवाद, के को संसदवाद, केको संविधानवाद वरु स्केपिजम् मतलव भगुवावाद ! उत्तरआधुनिकतावादी शक्तिशाली सामाजिक विशेषता अंगालेको प्रमुख “छातावाद” “भगुवावाद” हो । समाजका हरेक पक्षसंगै राजनीतिकसम्ममा भगुवावादको पुरै प्रभाव सफल देखिन्छ ! ती तमाावादहरु माथि पनि भगुवावादकै हैकम चल्दै आएको छ ।
जटिल सामाजिक संरचनाबीच बग्रेल्ती रुपमा शसक्तिकरण हुँदै गएको उत्तरआधुनिक यात्रमा समस्यावाट भाग्नु पर्ने वाध्यताको साहित्यिक आन्दोलनमा जन्मिएको “भगुवावाद” साँच्चै भगुवावादीहरुका उम्कने “काइदा मार्ग” बनेको छ । नयाँ ढंगको चरित्र बोकेको भगुवावाद समस्यावाट फुत्किने उपायको माध्यम भएको छ । तर यो समाधानको उपाय भने होइन । झारा टार्ने, भाग्ने, लिंगरिङ गर्ने, भुलाउने, झुलाउने,आफु तरमार्ने, शासन गर्ने आदि विशेषताको अवलम्वनको मार्ग हो, चोर वाटो हो भगुवावाद । आजको विश्व समाजमा घर परिवार, समुदाय संघ–संस्था, कार्यलय, उद्योग, मन्त्रालय, सरकार, संसद, राज्यका निकायहरु व सिंगो राज्य सत्ता सवै क्षेत्रमा समस्याका चाङ छन् र भगुवावादले गाँजेको छ । घरपरिवारदेखि ती सवै क्षेत्रमा एक प्रकारको राजनीति चल्छ । परिवारमा हरेक समस्या टार्न नसकेर बाबु भान्दछ । समस्याले आक्रान्त स्कूल, कलेज, क्याम्पस, विश्व विद्यालयका जिम्मेवार ब्यत्ति तथा पदाधिकारी र प्रमुखहरु सस्थामा उपस्थित माग तथा समस्याहरुवाट पन्छिन बहानावाजीमा खग्गु छन् । सरकारी कार्यालयहरुमा पन्छाइ नसक्नु समस्या छन् । सेवाग्राह्यदेखि कार्यालय कर्मचारीहरुलाई चित्त बुझाउन सक्ने अवस्था नभएको हुनाले हाकिम साहवहरु भाग्नुको विकल्प छैन । नीजि क्षेत्रहरुका विभिन्न संघसंस्था कार्यलय, उद्योग, कलकारखाना आदिमा तमाम खाले समस्याहरुको खँदारोको चाङ छन् । मन्त्रालयहरुमा भ्रष्टाचारदेखि अन्य विविध असमाधाननोम्मुख परिस्थितिकोे घेराबन्दीको कारण अघि बढ्न दिएको छैन । जिम्मेवार मन्त्री, सचिव अर्थात सरोकार पदाधिकारीहरु आ–आफै फसेको कारण समाधान दिन सक्नेवाला छैन । बरु भाग्ने दाउपेचको खेल चलिरहन्छ ।
सरकारमै समस्या, दलहरुमै समस्या र राज्यमै समस्या खातैखात हुनाले उत्पात हुन लागि सक्यो । एउटा परिवारको घर देखि राज्य स्तर सम्मनै तैछाडमैछाड गर्दै ओइरिएको समस्याहरुका कारक आ–आफै हुन् । अर्थात ती घरका अगुवा, शासक देखि संघ–संस्था, समुदाय, कार्यालय, राज्य निकाय र राज्यका प्रमुखहरु व शासकहरु नै मुख्य रुपमा समस्याका स्रोत हुन् । समस्याका खानी हुुन् । यी भुन्टेदेखि बडे हाकिमहरु वा घरेदेखि राज्य शासकहरुका खराव प्रवृत्ति, सोचाई, गतिविधि, क्रियाकलाप, कुनियत, कुभावना, कुदृष्टि, स्वार्थ, अपरिपक्कता, गैरजिम्मेवारीपन, महत्वकाँक्षा, अटेरिपन, भ्रष्ट आकांक्षा, अधिभूतवादी चिन्तन, नालायकीपन, दमनकारी प्रवृत्ति, गैरराजनीतिक चरित्र आदि समस्या उत्पादनका कारखाना हुन् । ती कुनै पनि तहका हाकिम, मालिक र शासकहरुबाट नीति, नियम र कर्तव्य पालना नगर्नुले समस्या झन बल्झिनु स्वभाविक हो । घरको बाबुदेखि राज्यको राष्ट्रप्रमुखसम्म यी विभिन्न “रुप र सार”का मार्ग अवलम्बन भेटिन्छ । जाँड रक्सी, रण्डीवाजी, भ्रष्टाचार, षडयन्त्र, पक्षपात, पूर्वाग्रह , विकृतिजन्य राजनीतिनै समस्याहरुका अर्को आधार हुन् । आ–आफ्नो छोटेदेखि बडे बडे सत्ता समाल्न योग्यता, क्षमता र दक्षताका अभाव झन समस्याका स्थायी आधार हुन पुगेको छ ।
यसो हो भने बुढो गोरुले गाई ओगटेझैं समाधान पनि नदिने पद र कुर्चि वा सत्ता पनि नछोड्ने ओगटे रै बसिराख्ने? समस्या झन बल्झाउन उद्यत रहने? तर पद, पैसा, कुर्ची, सत्ता नछोड्ने गरी जिम्मेवारीवाट वहानावाजी गर्दै भाग्ने । ती सबै खाले, सबै रुपका शासकहरु पद, आसन र शासन छोडेर होइन त्यसैमा टाँसिने गरी भाग्ने प्रवृति यथेष्ट छ ।
रुप अनेक सार एक भएका यी भगुवावादीहरु डाइरेक्ट(प्रत्यक्ष) होइन इन्द्धाइरेक्ट(अप्रत्यक्ष) भाग्छन् । बडा बला प्रयोग गर्छन । वडा शालीन ढंगले समस्या टार्छन । इज्जत, सम्मान र मान प्रतिष्ठाप्रति चलाख र चनाखो हुँदै हारेको रुपमा होइन जीतेकै रुपमा भाग्छन् । बडो तौर, तरिका र टेक्निक मिलाएर आफु भन्दा माथिल्लो निकाय, संकाय आदि देखाएर , मिटिङको वहाना गरेर, काज देखाएर, भ्रमणको निहँु पारेर, विदेशको निम्तो, अन्तराष्ट्रिय सम्मेलन, कुटनीतिक , राजकीय वा राजनीतिक वैदेशिक भ्रमण आदि इत्यादि माध्यमको देखावटीवाटो अपनाउछन् । सहमतिको निहँु पार्छन । मिति सार्छन, तर वास्तविकतावाट भाग्ने वुद्धि लगाउछन् ।
भगुवावाद राजनिितमा असाध्यै सुहाउन थालेको छ । सच्चा मालेमावादवाट भागेर एमाओवादी एमालेमा विलुप्ति हुँदै गर्दा पँुजीवादी संसदवादमा जाकियो । झापा विद्रोहको वलत्कारी माले भागेर एमाले हुँदै वहुदलीय जनवादको मनको लड्डु घिउसित खाने रुपमा यात्रा गर्दा सो विद्रोहका घट्ना फजुल अपराधिक घट्ना सावित ग¥यो । प्रजातन्त्रको ठेकेदार ठान्ने नेपाली काँग्रेस वीपीको समाजवादी प्रजातन्त्रवाट उछुटिदै संभ्रातवादी प्रजातन्त्रमा कैद छ । न राजनीतिक दर्शन न सिद्धान्तका मधेसी दलहरु वास्तविक मधेसी मुद्धालाई हात्तिको देखाउने दाँत बनाउदै वास्तविकताबाट भागेर सत्ताभित्र मुजा पर्ने गर्छन । मौका नपरुन्जेल मधेशको मुद्दा उचाल्छन् । मौका परे सत्ताको नेतृत्व गर्ने दलहरु साथमा लुकिरहन्छन् । सत्ता ढुकिहाल्छन् ।
यी तमाम राजनिितक दलहरु विगतकै दुर्गन्धित वाटो सफा नगरी भागेर लोकतन्त्रको खोल भित्र प्रवेश गरेका छन् । खोल नयाँ रुई उही थोत्रो र दुर्गन्धित हुनाले राजनीतिक रोग झन वढेको छ । नेपाली जनताले राजनिितक न्यानोपन महसूस गर्न पाएका छैनन् । लोकतान्त्रिक संविधानको कार्यन्वयनले बाटो नपाउनु र यो हालत हुनुमा यहि कारण हो । सहमतिवाट भागेर द्वन्द्वमा जाने गर्दछन् । यी भगुवावादी दलहरु संविधान निर्माणको लागि अरवौं खर्चेर संविधानसभा निर्वाचनम गर्ने तर संविधान सँशोधन गर्न सहमति गर्न नसक्ने । नत निर्विवाद कार्यन्वयन नै । त्यसवाट भगेर पुनह कलहमा जाने । भ्रष्टाचार विहिन मुलुक कहिल्यै नबनाउने तर बनाउछौ भन्न कहिल्यै नछोड्ने चरित्र भगुवावादी दलहरुको राजनीतिक वेश्यावृत्ति कहिले सम्म नेपाली जनताले नाक, मुख छोपेर हेरिराख्ने हो ? लोकतन्त्रबाट भागेर ओली–प्रचण्डतन्त्र, देउवा–रामचन्द्रतन्त्र अर्थात मनपरीतन्त्रमा मुलुक कहिलेसम्म ?

You might also like