कोरोना कहरका बेला एकले अर्काेलाई सहयोग गर्दै भारतका प्रबासी नेपाली

0

बुटवल ३० बैशाख – कोरोना कहरमा स्वदेशमा मात्र होइन बिदेशमा पनि नेपालीहरु सक्रियपूर्वक लागिरहेका छन् । सबै पेशामा आबद्ध भएकाहरु मानवीय पेशामा क्रियाशिल छन् । सबैले आफ्नो क्षमता अनुसार कोरोना महामारीमा संकटमा परेकाहरुलाई सहयोग गर्ने क्रम जारी छ । यस्ता उदाहरणीय काम गर्नेमा भारत प्रवासमा रहेका थुप्रै नेपालीहरुमध्येका हुनुहुन्छ  लुधियाना जिल्ला अदालतमा कार्यरत नेपाली अधिवक्ता ललिता पोखरेल, समाजसेवी गोविन्द परियार, स्थानिय अधिवक्ता सिद्धार्थ सारदा   ।
यतिवेला दैनिक रुपमा लुधियानामा अधिवक्ता पोखरेल, अधिवक्ता शारदा,समाजसेवी कृष्ण शर्मा र गोविन्द परिवारको सक्रियतामा विभिन्न वस्तिमा पुगेर नेपालीहरुलाई राहत वितरण भईरहेको अधिबक्ता पोखरेलले स्थानीय पत्रकर्मी लक्ष्मी घिमिरेलाई जानकारी दिनुभयो । हामीले दैनिक रुपमा यहाँ रहेका नेपालीहरुलाई सहयोग गरिरहेछा छौ – अधिबक्ता पोखरेलले भन्नुभयो – लुधियानामा कोही समस्यामा भए सम्पर्क गर्न अनुरोध छ ।
कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका स्थित पिपरामा जन्मेकी पोखरेलले स्थानीय जनता मावि पिपरा मैं पढ्नु भएपछि भारत प्रवेश गर्नु भएको थियो । यतिवेला भारतको पंजाव राज्य अन्तर्गत को लुधियाना जिल्ला अदालतमा कार्यरत ललिता पोखरेल सानो उमेरमै भारतमा पुग्नु भएको उत्तर प्रदेशको मेरठ स्थित एलएल एमटी ल कलेजबाट एलएलबी सकेर सिसिएस विश्वबिद्यालयबाट एलएलएम गरिरहनुभएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । लुधियाना स्थित विभिन्न सामाजिक संघसस्थामा क्रियाशीलता जनाउदै आउनु भएका गोविन्द परियार यो लकडाउन को समयमा पनि आपत विपतमा परेका नेपालीको बस्तीमा पुगेर वास्तविकता वुझी राहत वितरण कार्यमा सहयोगी बन्दै आउनुभएको छ । उता मुलबाटो डटकम संबाददाता सूरज कुमारको सहयोग र एकता समाज दिल्ली राज्य अध्यक्ष हरी थापा को पहलमा नोएडा नगर अध्यक्ष धर्म राज राज्य सदस्य पबन सिंह को उपस्थितिमा नोएडामा नेपाली मजदुर हरुलाई राहत वितरण भएको छ ।

You might also like