क्रान्तिकारी पत्रकार महासंघद्वारा सचिव महतरालाई धम्क्याउनेलाई कारबाही गर्न माग

0

नवलपरासी २६ बैशाख – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले संगठनका केन्द्रीय सचिव रनसुर महतरा रमेशलाई समाचार लेखेकै कारण धम्क्याउने, गाली गलौज गर्ने तथा चरित्र हत्या गर्ने बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष र उनी निकट रहेका रोशन शाहीलाई कारबाही गर्न माग गरेको छ । संगठनका महासचिव रामकुमार श्रेष्ठले जारी गरेको वक्तव्यमा समाचार लेखेकै कारण चित्त नबुझे उजुरी गर्ने निकायहरु हुँदा हुँदै धम्क्याउने, गाली गालौज गरेर मानसिक आक्रमण गर्नेहरुमाथि तत्काल छानविन गरी कारबाही गर्न माग गरिएको छ ।वक्तव्यमा भनिएको छ, “‘बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले राहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई लिएर हाम्रो संगठन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव, नेपाल पत्रकार महासंघका ललितपुर शाखाका सहसचिव तथा हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका रनसुर महतरा‘रमेश’लाई स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्ना नजिकका केही व्यक्ति९रोशन शाहीलगायत०हरुलाई लगाएर फोनमार्फत् धम्क्याउने र सामाजिक सञ्जालमा जथाभावी लेखी चरित्र हत्या गर्न खोजिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।”
वक्तव्यमा भिनएको छ, “समाचारमा चित्त नबुझे सोही मिडियामा खण्डन छपाउने, त्यो सम्भव नभए प्रेस काउन्सील लगायत उजुरी गर्ने निकायहरु तथा माध्यमहरु हुँदा हुँदै मध्येरातमा फोन गरेर तथानाम गालीगलौज गर्ने, धम्क्याउने र चरित्र हत्या गर्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ । साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न हाम्रो संगठन जोडदार रुपमा माग गर्दछ ।” पछिल्ला दिनमा सार्वजनिक पदमा बसेकाहरुले पदीय दुरुपयोग गरेका समाचार लेखेकै कारण पत्रकारहरुमाथि भौतिक र मानसिक आक्रमणहरु भइरहेको उल्लेख वक्तव्यमा उल्लेख छ ।

You might also like