कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो ,कपिलबस्तुमा २ जना भेटिए

0

काठमाडौं:  नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएपछि संख्या बृद्धि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  संख्या १ सय १ संक्रमित मध्ये १९ जना निको भएर घर फर्किएका बताइएको छ ।

You might also like