तरकारीले भाउ नपाउदाँ खेतमै जोताएर नष्ट , टिप्ने ज्याला समेत नउठेको गुनासो

तरकारी बुंगुरलाई खुवाइयो

0

संजय तिवारी
नवलपरासी  (सुनवल ) २३ बैशाख : लकडाउनका कारण तरकारीले भाउ नपाउदाँ सुनवल नगरपालिका –३ का कृषक खर्क बहादुर पुनले १५ क्विन्टल बढी तरकारी खेतमै जोताई दिनुभएको छ ।

तरकारीले भाउ नपाएका कारण तरकारी टिप्ने ज्याला समेत नउठेको कारण तरकारी खेतमै जोताएर नष्ट गरेको उहाँले बताउनुभयो ।

मल बिउको कुरा त परै जाओस टिप्ने ज्याला समेत तरकारीको भाउमा आएको गिरावटले धान्न सकेन – पुनले भन्नुभयो – लकडाउनले भाउ आएन त्यसपछि पानी समेत प¥यो । त्यति धेरै तरकारी नष्ट गर्दा समेत नगरपालिकामा आफूले कुनै गुनासो र पहल नगरेको उहाँको भनाई थियो । मैले यसो भयो भनेर कही गुनासो पनि गरिन उहाँहरु पनि आउनुभएन –पुनले भन्नुभयो । उहाँले १० कठ्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी फाल्नु पर्दा लाखौको नोक्सान भएको उहाँले बताउनुभयो । हिजो मात्रै ७÷८ बोरा तरकारी बुंगुरलाई खुवाइयो –पुनले गुनासो गर्नुभयो । उहाँले खेतमा रहेको टमाटर र साग नष्ट गराउनुभएको थियो ।

You might also like