मुख्यमन्त्री पोखरेलद्धारा मजदुर दिवसको शुभकामना

0

बुटवल १९ बैशाख – प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले १३१ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । उहाँले मजदुरहरुले राजनैतिक आन्दोलनमा खेलेको भुमिकाको स्मरण गर्दै मुलुकमा आजको यो परिस्थिति २००७÷ २०४६ र २०६२÷०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलद्धारा जारी शुभकामामा भनिएको छ – उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ ।

You might also like