सुनवलका नगर प्रमुख थापाद्धारा पत्रकारलाई मास्क

0

परासी ७ बैशाख – सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापाले जिल्लाका पत्रकारहरुलाई ७ सय थान मास्क प्रदान गर्नुभएको छ । कोरोना संक्रमणकाविरुद्ध पत्रकारहरु अग्रपंक्तिमा रहेकाले समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित रहन सहयोग पु¥याउने उद्देश्यले प्रमुख थापाले व्यक्तिगत रुपमा उपलब्ध गराएको मास्क पत्रकार महासंघ जिल्ला शाखा मार्फत पत्रकारहरुलाई प्रदान गर्नुभएको हो । नगरप्रमुख थापाले पत्रकारहरु जोगिए मात्र समाज जोगिने भएकाले सुरक्षित भएर समाचार संकलन गर्नका लागि पत्रकारहरुलाई सहयोग गरेको बताउनुभयो । महासंघमा प्राप्त भएको मास्क जिल्लामा हाल सञ्चालनमा रहेका सञ्चार संस्था र पत्रकारहरुलाई उपलब्ध गराइने महासंघका शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो ।

You might also like