सुस्ताको प्रकोप कोषमा ५५ क्विन्टल चामल

0

नवलपरासी ३ बैशाख – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बिभिन्न दाताहरुबाट ५५ क्विन्टल चामल प्रकोप ब्यवस्थापन कोषमा प्राप्त गरेको छ ।
नगद जम्मा गर्नेहरुको संख्या निकै न्युन रहेपनि दाताहरुबाट प्राप्त चामल ५५ क्विन्टल भएको छ –गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले स्थानीयपत्रलाई भन्नुभयो – आजै कार्यपालिका बैठक बसेर बितरण प्रणालीबारे निर्णय गर्दैछौ । उहाँले पारदर्शी रुपमा राहत बितरण हुने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो खाद्यान्न नवलपरासी उद्योग बाणिज्य संघ, नेपाली काग्रेस, त्रिवेणी अटो मोबाइल प्रालि ( यामाहा बर्दघाट ) र सुस्ताका नीजि बिद्यालय लगायतले दिएपछि ५५ क्विन्टल पुगेको हो । त्यस्तै राहत सामाग्रीका रुपमा दाल, नुन र तेल, आलु , चिउरा, समेत प्राप्त भएको छ । त्यस्तै महर्षि वचत तथा ऋण सहकारी संस्थाले कोषमा १५ हजार नगद प्रदान गरेको छ ।

You might also like